• काठमाडौँ, २४ वैशाख-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काम काठमाडौँ महानगरपालिकाले १८ उपसमिति गठन गरेको छ । 

    कामपाले यही वैशाख २९ गते अपराह्न भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्दैछ । उपसमितिले सरसफाइ, निमन्त्रणा, सुरक्षा, स्वागतद्वार निर्माण, सडक किनाराका खम्बामा झण्डा राख्ने काम, कार्यक्रमस्थल राष्ट्रिय सभागृह र अन्य स्थानमा मर्मतसम्भार, रङरोगनजस्ता काम गर्ने कामपा सहप्रवक्ता नवराज ढकालले बताए  । 

    कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पाहुनाको स्वागतमा कुनै कमी हुने बताउँदै अहिले गरिएको सरसफाइ र मर्मतको काम तत्कालका लागि मात्र नभई लामो समयसम्म टिकाउ हुन उपसमितिलाई आग्रह गरेका छन्  । 
    भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । उनले  पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको यात्रा गर्नेछन्  । त्यसपछि काठमाडौँ फर्केपछि उनी  भारतीय राजदूतले आयोजना गरेको दिवा भोजमा सहभागी भई अपराह्न २ः४५ बजे कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने समय तालिका छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…