• काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ। 

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। 

    भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दै छन्। 

    बैठकले कारागारसम्बन्धी प्रचलित कानूनलाई संशोधित र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ। 

    त्यस्तै बैठकले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका राज्यमन्त्री बाँस्कोटाले बताए। 

    उक्त निर्देशिकाअनुसार विदेशी रोजगारदाता कम्पनीहरुले नेपाली श्रमिकको माग गर्दा सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गराउनुपर्नेछ। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…