• दमक | झापाको दमकमा जारी दमक गोल्डकपको पहिलो सेमिफाइनल आज मंगलबार प्रहरीका दुई विभागीय टिम नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।

    गत आइतबार भएको तेस्रो क्वाटरफाइनलमा नेपाल प्रहरीले थ्रीस्टारलाई १-० ले हराउदै सेमीफाइनलमा प्रबेश गरेको थियो भने मदनभण्डारी स्पोर्टस् एकाडेमीलाई ३-१ ले पराजित गर्दै एपीएफले सेमीफाइनलको यात्रा तय गरेको थियो ।

    जम्मा १० टिम सहभागी रहेको प्रतियोगिता बैशाख २८ गते सम्म चल्ने छ भने दमक गोल्डकपको विजेताले नगद रु १३ लाख ११ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् ।

    प्रतियोगिताको दोश्रो सेमिफाइनल बुधबार मनाङ मस्र्याङ्दी क्लब र नेपाल आर्मी बीच हुने गोल्डकप प्रचारप्रसार समितिका संयोजक चन्द्र खत्रीले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…