• काठमाडौँ । गृहमन्त्रालयले १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई डिआइजीमा बढुवा सिफारिस गरेको छ । मन्त्रालयको सोमबार बसेको बढुवा समितिले यस्तो निर्णय गरेको हो । प्रहरी नियमावली २०७१ (संसोधन सहित)को नियम २७ उपनियम ४ को प्रावधान अनुसार बढुवा सिफारिसको निर्णय गरेको मन्त्रालयले जनाएको छ । 


    बढुवा हुनेमा केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य,  नारायणसिंह खड्का, रबिन्द्र प्रसाद शर्मा, कमल बहादुर जिटी, महेन्द्र कुमार पोखरेल, महेशबिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशील कुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी रहेका छन् । 
    नेपाल प्रहरीमा यस अघि २४ जना डिआइजीको पद रहेकोमा सरकारले बाँकी पद खारेज गर्दै १६ जनालाई मात्र डिआइजीमा बढुवा गरेको हो ।  

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…