• वैशाख २५ – आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादसँग पराजित भएपछि रोयल च्यालेञ्जर्स बेंग्लोरमाथि एलिमिनेसनको दवाब बढेको छ ।

    १ सय ४६ रनको सामान्य लक्ष्य पनि भेट्न नसकेपछि बेंग्लोर हैदराबादसँग ५ रनले पराजित भएको हो । यो पराजयपछि १० खेलबाट ६ अंकमात्र बटुल्न सफल बेंग्लोर पहिलो चरणबाटै बाहिरिने खतरा बढेको हो । हैदराबाद भने समान खेलबाट १६ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको हैदराबाद १ सय ४६ रनमा अलआउट भएको थियो ।  कप्तान केन विलियमनसले ५६ रनको उत्कृष्ट इनिङ खेलेको खेलमा हैदराबादका पछिल्ला सात विकेट ३४ रनका लागि चार ओभरमा आउट भएका थिए । सकिव अल हसनले पनि ३५ रनको योगदान गरेपछि हैदराबादको इनिङ केही सम्हालिएको थियो ।

    बेग्लोरका टिम साउथी र मोहम्मद सिराजले ३–३ विकेट लिए । बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङ नचल्दा बेग्लोर पराजित भएको हो । बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रनमात्र बनाउन सक्यो । बेंग्लोरका कप्तान विराट कोहलीले सर्वाधिक ३९ र कोलिन  डि ग्राण्डहोमले ३३ रन बनाए । यस्तै, मन्दिप सिंहले २१ र पार्थिव पटेलले २० को योगदान दिए ।

    सामान्य लक्ष्य जोगाउन हैदराबादका सकिव अल हसनले २ विकेट लिए भने सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कैलले १–१ विकेट लिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…