• विगतमा धर्मगुरुलाइ गोली हान्ने मान्छेलाई गहिरो खेद ब्यक्त गर्दै हामीले सामाजिक सन्जालहरु पोत्यौ,अन्लाईन मिडियाहरु रङ्ग्यायौं,घनिभुत आक्रोशहरु पोख्यौं।सक्दो गाली गलौज गर्यौं,धर्म गुरु आचार्यलाई गोली हानी हत्या प्रयास गर्ने मान्छेलाई!! अब आज हामीले त्यही धर्मगुरु बिरुद्द खेद ब्यक्त गर्नुपर्ने समचारहरु आए,त्यही धर्मगुरुलाई कैद गर्नुपर्ने र कारबाही गर्नुपर्ने समाचारहरु आए कि मानव समाजमा धर्मको नाममा लडाइँ लड्न उक्साउने एक गिरोहको रुपमा,हामीले माग गर्दै विरोधाभास र गहिरो खेद गर्नुपर्ने अवस्थाका समाचारहरु स्खलित हुन थाले,धर्मलाई हतियार बनाएर षड्यन्त्र गर्ने जोसुकैलाइ साम्यवादी भाषामा खुफियाको संज्ञा दिनुपर्ने समाचार आयो यहि तपाइँ हामी बस्ने चिया चौतारो जस्तो सामाजिक सन्जाल फेसबुक र अन्लाईन मिडियाहरुमा । गोली लागेको सत्य थियो,समाचार लेख्नेहरुलाइ धन्यवाद भन्नै पर्छ।

    तर त्यो गोली हानिएको रहेनछ ,हनाइएको रहेछ।षडयन्त्रकारी मनुवाहरुको जाल र झेल रहेछ।धर्मको प्रचार गर्दै हिड्ने गेरुवस्त्र धारी मनुवाहरुको धार्मिक लडाइ लडाउने कर्तुत पो रहेछ।कलियुगका बाहुन कस्ता हुन्छन? भनेर कसैले प्रश्न गर्यो भने धर्मगुरु श्रीनीवास आचार्यको फोटो देखाइदिदा पौने चार करोड नेपाली समुदायले सहजै बुझ्छ। यसर्थ धर्म,टाउकोले हिड्नेहरुको सस्कारले खुट्टामा हिड्नेहरुको धर्मनिरपेक्षतालाई नाकाबन्दी लगाउने माध्यम जस्तो देखिन्छ।अतिवादीहरु नानाथरी नाटक मन्चन गर्दछन।त्यो नाटकले अन्त्यमा झुटको उजागर गर्दछ,षड्यन्त्रको पर्दाफास गर्दछ। अनि सत्य शक्तिशाली बन्न पाउछ।धर्मगुरु आचार्य जस्ता मान्छेहरु धर्मलाई खुट्टा बनाएर हिड्न खोज्नेहरुलाई धार्मिक वितन्डाको मुद्दामा आजिवन जेल सजायं गरियोस।ताकी धर्मनिरपेक्षताको रक्षा र संरक्षण होस।

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…