• देबु बानियाँ 
    दाङ । यहि बैशाख २८ र २९ गते दाङमा हुन लागेको एरिया ‘डि’ को एरिया कन्फ्रेन्सको तयारी अन्तिम चरणमा पुगेको छ । 
    नेपाल जेसीजको आयोजना तथा त्रिभूवननगर जेसीजको आथित्यतामा हुने सम्मेलनको ९० प्रतिशत काम सम्पन्न भइसकेको एरिया कन्फ्रेन्सका डाइरेक्टर सुशीलकुमार आचार्यले बताउनु भयो । मञ्च व्यवस्थापन, गेट निर्माणका काम अन्तिम अवस्थामा पुगेको छ भने आर्थिक संकलन समेत भइरहेको छ ।  
    प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरलले उद्घाटन गर्ने उक्त कन्फ्रेन्समा देशभरका करिव ८ सय जेसीजकर्मीहरुको सहभागिता रहने छ । 
    सबैभन्दा धेरै शाखा रहेको यस एरियामा पश्चिम नेपालका ४४ वटा शाखाका पदाधिकारीसहित अन्य ३ वटा एरियाका जेसीजकर्मीहरुको सहभागिता रहने राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष एवम् कन्फ्रेन्स चयरमेना अशोक शंकरले बताउनु भयो । उहाँका अनुसार 
     कन्फ्रेन्समा सहभागि हुन आउने जेसीजकर्मीहरुका लागि खाना र बस्नको व्यवस्थापनका लागि यस क्षेत्रका सबै होटल बुक गरिसकिएको छ । यो कनफ्रेन्स ऐतिहासिक कन्फ्रेन्स हुने उहाँले बताउनु भयो । ‘हामीले सानो भन्दा सानो कुरालाई पनि कमजोरी नहोस भन्ने लक्ष्य लिएका छौँ’ कार्यकारी उपाध्यक्ष शंकरले भन्नु भयो–‘यहाँबाट फर्केर गएपछि जेसीजमा केही न केही नयाँ शन्देश लिएर जाने अवस्थाको सृजना गर्नेछौँ ।’
    सम्मेलनमा नेपाल जेसीजले वर्ष २०१८ का लागि ल्याएको "Yes ! we shine; By Rising Responsibility"  भन्ने नारालाई सार्थक बनाउन युवा जागरण अभियान नै मुख्य प्रकरण रहेनछ ।
    यसैगरी त्रिभूवन नगर जेसीजलगायत यस एरियामा रहेका शाखाहरुले यस कन्फ्रेन्सबाट नेपाल जेसीजको अभियानलाई सफल बनाउनका लागि थप नयाँ आयाम थप्ने विश्वास रहेको बताइएको छ । उनीहरुले अबको युवा उर्जावान र समृद्धिका लागि जागरण हुनु पर्ने कुरालाई यस सम्मेलनमा मुख्य विषय वस्तुका रुपमा राखिने बताएका छन् । 
      नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, बोर्डका  पदाधिकारी सदस्यहरुलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ । 
    कन्फ्रेन्स सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत निर्माण गरिएको छ । दाङ जिल्लाको प्रतिष्ठाका रुपमा हेरिएको यस कन्फ्रेन्सले यहाँको पर्यटनको क्षेत्रमा समेत थप योगदान गर्ने लक्ष्य लिएको छ । जसका लागि यो कन्फ्रेन्सलाई भव्य रुपमा सफल बनाउन यहाँका सबै शाखाहरु क्रियाशील भएर लागि परेका छन् । 
    [caption id="attachment_16487" align="alignright" width="810"]कन्फ्रेन्सको लागि तयार गरिएको रिर्सोट[/caption]

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…