काठमाडौं, वैशाख २५ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरु भएको हो ।
बैठकमा आर्थिक वर्ष ०७५–७६ को बजेटका बारेमा छलफल हुने छ । सोमबारको बैठकमा माओवादी सांसदहरुले बजेटबारे आ–आफ्नो धारणा राखेका थिए । धारणा राख्नेहरूले आर्थिक वर्ष २०७५–७६ को बजेट जनपक्षीय बनाउनुपर्नेमा जोड दिएका छन् ।
सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको प्रवक्ता भुसालले जानकारी दिइन् ।
बैठकमा संसदमा पार्टीको भूमिका, सांसदहरुको जिम्मेवारी लगायतका विषयमा छलफल हुनेछ ।