तेह्रथुम – अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको सुत्केरी हुन नसकेर ज्यान गएको छ । प्रसुति गराउन तीन दिन अघि अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षकी रत्नमाया मगरको सोमबार ज्यान गएको हो ।
अस्पतालको डेलिभरी कक्षमा राखिएकी मगरको चिकित्सकको लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न माझ्न नमानेको बताइएको छ ।
परिवार र अधिकारकर्मीले अस्पतालको लापरवाहीले बच्चा र आमाको ज्यान गएको भन्दै विरोध गरेका कारण अस्पताल परिसर तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको छ । यद्यपि अस्पतालले रत्नमायाको मृत्युको कारण भने खुलाएको छैन् ।