• मोरङ २५ वैशाख  – दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेका मोरङ कानेपोखरीका डम्बरबहादुर ओझाले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ । दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेका मोरङको कानेपोखरी गाउँपालिका–५ का ४० वर्षीय ओझाले किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन आग्रह गर्नुभएको हो । एघार महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेका ओझाले ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहे पनि आफ्नै आमाले दिन खोजेको किड्नी रकम अभावका कारण प्रत्यारोपण गराउन नसकेको बताउनुभयो ।

    कानेपोखरीमा चार वर्षअघि घरमा भएको आगलागीका कारण आफ्नो सर्वस्व गुमेको र त्यसपछि देखापरेको किड्नी समस्याका कारण अहिले ऋणमा डुबेको बताउनुभयो । ५७ वर्षीया आमा धनमाया ओझाले आफूलाई एउटा किड्नी दिन तयार रहेपनि प्रत्यारोपणबापत लाग्ने रु आठलाख रकम जुटाउन नसकेकाले प्रत्यारोपण गराउन नसकेको गुनासो गर्नुभयो । उहाँले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गर्नुभएको हो । मिर्गौला पीडित ओझाका दुई नाबालक सन्तान छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…