देबु बानियाँ
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २८ गतेदेखि हुने नेपाल भ्रमणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ६ वटा प्रश्न गर्नु भएको छ ।
उहाँले आफ्नो टुवीटरमा टुइट गर्दै भारतीय प्रधानमन्त्री मोदीको दुई दिनपछि हुने नेपाल भ्रमणको विषयमा प्रश्न गर्नु भएको हो ।
उहाँको पहिलो प्रश्न मोदीको भ्रमण देशको प्रदेशको ? भन्नु भएको छ । देशको भ्रमण भए अन्तराष्ट्रिय विमानस्थलबाट नआएर किन सोझै बिहारहुँदै जनकपुर आउन लागेका हुन ?
यसैगरी उहाँको दोस्रो प्रश्नमा एउमा व्यक्तिलाई किन २ स्थानमा नागरिक अभिनन्दन गरिने तयारी गरिएको हो भन्दै भिन्नै दुई भूगोलमा नागरिक अभिनन्दन कत्तिको राष्ट्रबाद ? भन्नु भएको छ । उहाँले प्रदेश नम्बर २ का नागरिकले गर्ने अभिनन्दन मार्फत समग्र नेपालीको प्रतिनिधित्व हुन सक्दैनथ्यो र प्रधानमन्त्री ज्यू भन्नु भएको छ ?
तेस्रो प्रश्नमा यदि राष्ट्रिय भ्रमण हो भने जनकपुरले देशको प्रतिनिधित्व गर्न मिल्दैन ? भन्ने जिज्ञासा राख्नु भएको छ । चौथो प्रश्नमा ारतीय शैनिक उपस्थिति अतिक्रमणकी अविश्वास ? भन्दै एकसाता अघिदेखि भारतीय शैनिकले नेपालमा गरेको दादागिरीप्रति आक्रोस पोख्नु भएको छ ।
पाँचौँ प्रश्नमा नाकाबन्दीको भूल बोध गरिँदै की भुल्दै भन्नु भएको छ भने अन्तिम अथवा छैठौँ पश्नमा हाम्रा प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कुन मञ्चमा सुकुला ? भन्ने प्रश्न गर्नु भएको छ ।
२ वर्ष अघि नेपालमा तिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाइएको नाकाबन्दीमा हाम्रा प्रधानमन्त्री केपी ओलीले ठूलै राष्ट्रवादको नारा बोक्नु भएको थियो । त्यहि राष्ट्रवादका कारण थुप्रै नेपालीले मोदीको समर्थन गरे । तर, मोदीको भ्रमणमा तिनै प्रधानमन्त्रीको राष्ट्रवाद राम्रै देखिन थालेको छ ।