उर्लाबारी । बिभिन्न सञ्चारमाध्यमा मोरङ कानेपोखरी गाउँपालिका –६, हनुमान चौकमा बस्दै आएकी फुलमाया लिम्बूले नागरिकता नपाएको र कष्टकर जिवन बिताइरकोे समाचार आउन साथ उनले ७५ बर्ष पछि नेपालको नागरीक बन्ने अवसर पाएकी छिन् ।
देशको नागरीक बन्ने अवसरमा वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले सहजिकरण गरेका थिए । अध्यक्ष बस्नेतले इलाका प्रशासन कार्यालय उर्लाबारी मंगलबारेबाट सबै प्रकिया पुर्याएर ल्याएपछि बुधबार बिहान घरमै पुगेर पार्वतालाई नागरीकता दिएका थिए । यो हाम्रो कर्तव्य हो, मैले पुरा गरे, नागरीकता दिदै अध्यक्षले भने । अब फुलमायाले यसै असारबाट सामाजिक सुरक्षा भत्ता पाउने भएकी छिन् । फुलमायाले नागरीकता पाउनुमा इलाका प्रशासन कार्यालय उर्लाबारी मंगलबारेका शाखा अधिकृत लोचनप्रसाद दाहालको महत्वपूर्ण भुमिका रहेको सञ्चारकर्मी दिनेश सुब्बाले बताए । सञ्चारमाध्यमा समाचार पढेपछि अधिकृत दाहालले वडाध्यक्ष खड्ग बस्नेतलाई फोन गरेर फुलमायाको नागरीकताको लागि सिफारीस अघिबढाउन अनुरोध गरेका थिए । सल्लाह बमोजिम वडाध्यक्ष बस्नेतले आफ्न्त कोहि नभएको एक बृद्धाको नागरीकता बनाइदिन सफल भएका छन् ।
उनलाई स्थानीय सिंहबहादुर तामाङ, रामबहादुर लिम्बू र नरबहादुर तामाङ रोहवर बसेर नागरीकताको सिफारिस अघि बढाइएको थियो । उनको जन्म २००१ साल ११ महिना ०५ गते भएको छ । त्यसबेला उनी धनकुटा जिल्लामा जन्मेकी रहेछिन् । उनको पतिको नाम टंकबहादुर मादेन,बाबुको नाम जयबहादुर राई हो । उनले ना.प. ०५–०२–७५–००४९२ वंशजको नागरीता पाएकी हुन । नागरिकता पाएपछि खुसि हुँदै फुलमायाले खुसी प्रकट गर्दै सबैलाई धन्यवाद दिईन । फुलमायाले भनिन्,अब बृद्धभत्ता नि पाउछुहोला । नागरीता पाएसँगै फुलमायाको दिनचर्या फेरिने भएको छ । अहिले घरमा टुबेल गाँडिएका छन् । शौचालय बन्दैछ । परालको चुँहुने घरमा टिनको छानो लगाइदिएका छन् । ओडने, ओछ्याउने,लुगा फाटा,भाडाकुडा, चामल लगायतको सुविधाहरु घरमा आइसकेको वडाध्यक्ष खड्ग बस्नेत बताउँछन् । त्यसको सबै कुराको जोडजाम गरिदिनेकाम छिमेकी सिंङ्गबहादुर तामाङले गरेका छन् ।
पत्रपत्रिका,अनलाइन र सामाजिक सञ्जालमा रंगेएकी फुलमायाले नागरीकता मात्र पाएनन् उनीले अहिले लगभग एकलाख भन्दा माथी आर्थिक सहयोग पाइकेकी छिन् । सहयोग आउने क्रम जारी छ ।
२०६७ सालमा श्रीमान टंक बहादुर लिम्बूको मृत्यु भयो । उनको ३६ बर्षिय जेष्ठी छोरी धनमाया मानसिक सन्तुलन गुमाएर घर बाहिर छिन भने कान्छी छोरी ३० बर्षकी रामकुमारी विवाह गरी बेपत्ता भएकी छिन । आफ्न्त कोहि छैनन् । आफ्नो घरले ओगटेको ऐलनी एक कट्ठा जग्गा पनि भित्री बाटोेले काटेर घरले ओगटेको मात्र छ । भित्रबाट तारा मण्डल देखिने घर थियो । पानी पर्याे भने घर भित्र पानी नै पानी हुन्छ बढो कष्टका साथ दिन विताइरहेकी थिईन पार्वताले । अहिले यो समस्या समाधान भएको छ ।