• उर्लाबारी । मोरङ उर्लाबारी ९ निवासी युवा समाजसेबी सुन्दर श्रेष्ठले स्थानिय प्रभात निमाबिको बाल कक्षामा अध्यनरत विद्यार्थीको लागिवाल उद्यानका सामाग्री सहयोग गर्नु भएको छ । उहाँले पिङ र पिङमै जोडिएको चिल्लेटिहरु सहयोग गर्नु हो । यस अगाडि सोहि विद्यालयमा अध्ययनरत १० जना बिद्यार्थिको पठन पाठनमा लाग्ने खर्चंको सम्पुर्ण जिम्मेवारी लिनु भएका श्रेष्ठले बालबालिका स्कुल आउन आकर्षित हुन भनेर सहयोग गरेको बताउनु भयो । शिक्षण शिकाई सङै उनिहरुलाई मनोरन्जन पनि चाहिन्छ, श्रेष्ठले भन्नुभयो– वालमनोबिज्ञान बुझेर सहयोग गरेको हुँ । अपुग भएका अझैं सहयोग गर्नेछु । 


    श्रेष्ठ प्रभात निमाविका पूर्व विद्यार्थी हुन् ।  आफू पढेको स्कुल अरु स्कुल जस्तै राम्रो होस जस्तो लाग्दो रहेछ,श्रेष्ठले भन्नुभयो । पिङ र चिप्लेटि खेल्न पाएपछी बालबालिका हरु निकै खुशी भएका थिए । उनी हरुलाई शिक्षिकाले पालै पालो खेलाउने गर्नु हुन्छ । श्रेष्ठको सहयोगले बिद्यालय नमुना स्कुल बन्न अगि बढि रहेको प्रअ मोहन चापागाईंले बताउनु भयो । पढाइ पनि स्कुल राम्रो भएको बताउदै चापागाईंले भन्नुभयो निजि बिद्यालय जस्तै सुबिधा थपिदै गएको छ । यसअघि श्रेष्ठले विद्यालयमा ३ लाख रुपैयामा स्टेज र घेराबारामा ५० र विद्यालयमा रंगरोगन गरिदिनुभएको थियो । विद्यालयमा मात्र नभएर गाउँमा आफ्नो टोलभरि सडकबत्ति जडान,असाहय र दुखबिराममा परेका र समाजका विभिन्न पाटोहरुमा श्रेष्ठले सहयोग गर्दै आउनुभएको स्थानीय राजेश बरालले बताउनुभयो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…