मात्रिका शर्मा
‘काम कुरो एकातिर नेता मन्त्रि जनकपुर तिर’, भन्ने नयाँ जुगमा अर्को उखान थपिएको छ । चार वर्खअघि उनै महामहिमको सवारमा ‘वान्स मोर मोदी’ भन्दै हाम्रा ६०१ बिद्धानलाई अर्तिरुपी गालीको वर्षा गर्ने मैले नाकाबन्दी ताका प्रभु मोदीलाई कालो नाग भन्दै अरु नेपाली सरह धारे हात लगाएँ । प्रभु दामोदारदासको पहिलो आगमनमा मौसुफलाई रातारात देवत्वकरण गर्ने तत्कालिन काला सेता तमाम नेतालाई चेतावनीस्वरुप भन्या थें, हे नेतागण ¤ जो कसैले मुखमा राम नाम जप्दैमा बगलीको बिचार नगरी नीजलाई देवत्वकरण गरिनहाल । एउटा हात मिलाए पनि अर्को हात चोखै राख पेन्डिङमा । नत्र ढाडमा टेकेर टाउकोमा हान्ने तात्कालिक माओ नीति मोदीमा पनि सवार हुन सक्छ भनेर । किनकी भारत माताले हामीलाई हेर्ने दृष्टिकोण एकै छ, उसको नेपाल नीति उहि छ । एउटै पावरको चस्मा लगाएर हेर्दा देखिने बस्तुको साईज स्वरुप उस्तै देखिन्छ । हेर्ने आँखा चाहे इन्दिराको होस् चाहे बाजपेयी या त मनमोहन वा मोदीको । दामोदरदास प्रभुको हामीलाई हेर्ने त्यो चस्माको एउटा सिसा राष्ट्रिय सुरक्षा सल्लाहकार, अर्को सिसा बिदेश मन्त्रालयको नेपाल मामिला डेस्क हुन् भने दाहिने कानमा नेपालस्थित राजदुत र देब्रे कानमा रअका एजेञ्टले उक्त चस्मालाई अड्याएका छन् ।
२०४७ सालदेखि कांग्रेस, एमाले र माओबादी पालैपालो हाम्रा मालिक भएका छन् । अरु भुरा टाकुरा दलका नेता पनि मुसा भएर शक्तिको आशक्ति देखाउँदै प्रभुकै भक्तिमा तल्लिन रहे । तल बसेर कुर्लिएर के गर्नु उनकै झण्डाको लगौंटी लगाएर, तिनकै पुच्छरमा पिछलग्गु भएर भेला र सम्मेलनमा बुर्कुसी मार्ने अनि पिंठ पछि गाली गरेनी मुखिञ्जि परेसी गरररर ताली मार्ने हामी नै हौं । उतैको नुनदेखि सुनसम्म प्याजदेखि लसुनसम्म, मोल्ने मञ्जन देखि पोल्ने सलाई, चिनीदेखि रसमलाई, सियोधागो देखि काँटीकब्जा, फलाम, औजारसम्म ईतिश्री सवैको इन्तिजाम पारीबाटै हुने हुनाले हामी परजीवि हौं । त्यसो भएकाले हाम्रा सवै कामकुरोमा मौसुफहरुले परनिर्भर होऊन भन्ठान्नु पनि नाजायज नहोला । तर सब्जीमा नुन हाल्न पनि मौसुफका जुनाफमा बिन्ती बिसाउन थालेसी चैं हाम्रा मालिकहरु साँच्चिकै कति कमजोर र लुला रैछन् भन्ने प्रष्ट हुन्छ । घरका राजा पाखा लगाएर बनका राजालाई जयजयकार गर्न लालायित छन् हाम्रा छोटे सरकारहरु । भगवानस्वरुप मोदी महाराजलाई अभिनन्दन रुपी जल चढाउन आतुर नव सरकारहरु हातमा कलस लिएर भजन गाइबक्सिदैं छ ।
अव एकछिन नरेन्द्रजी महाराजको लिला वर्णन गरम ।
प्रभुको लिला पृथ्वीका सातै लोकमा अपरम्पार छ । प्रभुको जन्म नेपाल र भारतवीच सन् १९५० मा भएकोे बहुचर्चित असमान सन्धिको २ महिनापछि गुँजरातमा भएको हो । आठ वर्षको उमेरमा राष्ट्रिय स्वयंसेवक संघमा लागेर हिन्दु राष्ट्रबादी नेता हुँदै भाजपामा लाग्या हुन् । अरेन्ज म्यारिजमा चित्त नबुझेसी घर छोडि परपरै नेता हुँदै हिंडेर स्थानीय सांसद् मुख्यमन्त्री हुँदै ४ वर्षअघि भारतमाताको शक्तिशाली र प्रभावशाली पीएम भएका हुन् । तीक्ष्ण बुद्धी, बोलेरै दुनियाँ मख्ख पार्ने खुबिलिटी देखिए पनि सामरिक कुटनीतिमा ब्युरोक्रेसीको कालो चस्माले मौसुफका आँखा छपक्क ढाकीदिएसी सवैलाई उस्तै रंगमा देख्न थालिबक्सीयो । फलत मोदी महोदयको कुटनीति कुटिलनीतिमा परिणत भयो र हामीले झण्डै आधा वर्ष नुन नखाई एकछाकी बस्नुपर्यो । भारतमाताका मोर देन ६० प्रतिसत बान्धवहरुले भगवानस्वरुप मान्ने मौसुफलाई हाम्रा ९९ प्रतिसत नेता र तिनका अधिकाँस आसेपासे, धुपौरेहरु, नन्दी, भृंगीहरु त्वं शरणम् गच्छामी भन्दै हमारा भारत महान भन्न समेत् पछि पर्दैनन् ।
मोदीश्वर स्वरुपश्य ज्योतिर्लिङ्ग स्थापना गरि पूजन गरौं । भजन किर्तन गरि रातभर जाग्राम बसौं । तुम्हारी चरण उपासक कति कति पार तरे भन्दै लिला मञ्चन गरौं । प्रभुका नाममा सप्ताह लगाऊ, महात्म्य पढाऊ । किनकी सरकारको तेश्रो भिजिट देखावटि रुपमा धार्मिक हो भने गुÞय रुपमा कथित कालो नाकाबन्दिको धङधङीको गन्ध सुँघ्ने अभिप्राय हो । प्रभुको सवारीमा अयोध्याबासी श्रीरामको ससुराली गाम, जानकीधाम लाई रातारात झिलिमिली बनाईएको छ, बुखार आउँदा सिटामोल नपाईने मुक्तिनाथ धाममा मिनी सघन उपचार घर नी बनेछ, देशको सदरमुकाम काष्ठमाण्डपमा सेतो र धुलाम्ये बाटो समेत केहि दिनलाई यसो लिपि पोति कालो कालो बनाईएछ । प्रभु सवार हुने बाहानामा रातारात आँटे चाहे केहि न केहि त हुँदो रै छ । त्यसैले रुप कालै भएनी भगवान स्वरुप महिनै पिच्छे हाम्रा अरु धाममा पनि तिर्थाटनको लागि सवारी होईबक्से देखि सिन्को नभाँचि फलान ठाममा पिलो आउञ्जेल बसिरहने तमाम नेता मन्त्रि झाडु लिएर दौरा र कछाड सम्हाल्दै चोक र गल्लि बढार्दै हिंड्थे की ? बाटो, घाटो, नाला हेरिसक्नु हुन्थे की ?
मेरो बिन्ती छ राष्ट्रिय तथा लोकल महाराजहरुलाई अरु जे जे गर सेवा गर तर मेवाको आश नगर, भाऊ देऊ तर पाऊ नपर, मिठो खान दिई बिदा देऊ तर नदीनाला सिमानाको सिदा नदेऊ, नेपाल माताको अस्मिता लिलामी नगर । अथिती देवो भवः । मोदी देवाय नमो नम