• दमक । फाइनल उपाधिको दावेदार मानिएको बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
    बुधबार दमकस्थित दमक बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा मनाङले आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै फाइनल फाइनलको यात्रा तय गरेको हो । 

    निर्धारित खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अन्ततः आर्मी पराजित हुन पुग्यो । खेलको ३० औं मिनटमा टंक बस्नेतको हेड गोलद्वारा आर्मीले शुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफको ४७ औं मिनटमा मनाङका लागि दिपक राईले बराबरी गोल फर्काएका थिए ।

    बुधबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनाङका गोलरक्षक विशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । अब मनाङले उपाधिका लागि शुक्रबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ । दमक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख हात पार्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…