• भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदी नेपाल भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका छन् । भ्रमणमा ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुनेछन् । त्यसमध्ये ४१ जना भने नेपाल आइसकेका छन् । २५ जना भने मोदीसँगै आउनेछन् । क्याप्टेनको कमान्डमा भारतीय सेनाको एक प्लाटुन नै मोदीको सुरक्षामा खटिनेछ । गृह मन्त्रालयका अनुसार उनीहरू हतियारसहित रहनेछन् ।

    गृहप्रवक्ता रामकृष्ण सुवेदीले विशिष्ट व्यक्ति भ्रमणका क्रममा हतियारसहित सुरक्षाकर्मी आउजाउ गर्नु सामान्य प्रक्रिया भएको बताए । उनले भने, ‘विशिष्ट व्यक्ति भ्रमणका क्रममा सुरक्षाकर्मी हतियारसहित खटिनु सामान्य प्रक्रिया हो । नेपालबाट अन्य मुलुक भ्रमण गर्ने क्रममा पनि यस्तो हुन्छ । अहिले हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको भ्रमणका क्रममा पनि यस्तै भएको हो ।’

    हतियारको लगत राखिने
    गृह मन्त्रालयका अनुसार विशिष्ट व्यक्ति भ्रमणका क्रममा उनीहरूसँगै भ्रमणमा रहने सुरक्षाकर्मीका हतियारको लगत भने राखिनेछ । मोदी भ्रमणका क्रममा सुरक्षाकर्मीसँगै भित्रिएका हतियारको पनि लगत राखिएको गृहप्रवक्ता सुवेदीले बताए । उनले भने, ‘विशिष्ट व्यक्ति भ्रमणका क्रममा आउने सुरक्षाकर्मीका हतियारको लागत भने राखिन्छ । त्यसो हुँदा अहिले भएका भारतीय सुरक्षाकर्मी र उनीहरूसँगै भित्रिएका हतियारको पनि लगत राखिएका छन् ।

    यो सामान्य प्रक्रिया हो । नेपालका विशिष्ट व्यक्ति भारत जाँदा पनि उनीहरूले सुरक्षाकर्मी र हतियारको लगत राख्छन् ।’ गृहका अनुसार भारतीय सुरक्षाकर्मी मोदी सुरक्षाको पहिलो घेरामा रहनेछन् । दोस्रो र तेस्रो घेरामा पनि भारतीय सुरक्षाकर्मीकै उपस्थिति रहनेछ । नेपाली सुरक्षाकर्मीको समन्वयमा कमान्ड पनि भारतीयले नै गर्नेछन्।

    नेपाली सुरक्षाकर्मीको कमान्ड भने नेपाली सेनाबाट हुनेछ । गृहका अनुसार मोदी भ्रमणमा खटिएका भारतीय सुरक्षाकर्मीको संख्या अहिलेसम्मकै ठूलो हो । यसअघिका भ्रमणमा भित्री सुरक्षाबाहेक अन्यत्रका लागि छुट्टै सुरक्षा दस्ता खटाउने चलन थिएन । गुप्तचर भने यसअघिका भ्रमणमा पनि पर्याप्त मात्रामा खटिने गरेका थिए ।

    सुवेदीका अनुसार सुरक्षा दस्ता बढाउने र घटाउने प्रक्रिया सुरक्षा थ्रेट विश्लेषणका आधारमा तय हुन्छ । उनले भने, ‘सुरक्षाकर्मी कसरी, को, कहाँ र कति खटाउने भन्ने विषय सुरक्षा थ्रेट विश्लेषणकै आधारमा तय हुन्छ । यसपटक त्यस्तै भएको हो कि ?’

    ‘ज्यामर मेसिन’ भने नेपालकै
    भ्रमण अवधिभर टेलिफोन र मोबाइल सिग्नल जाम गर्ने ‘ज्यामर मेसिन’ भने नेपालकै प्रयोग हुने भएको छ । यसले भ्रमण अवधिभर भ्रमण रुटमा पर्ने कम्तीमा सय मिटर क्षेत्रमा टेफिलोन तथा मोबाइल सिग्नल ‘डिम्टिभेट’ गर्नेछ । यसअघिका विशिष्ट व्यक्ति भ्रमणमा यस्ता मेसिन भारतबाटै ल्याउने गरिएको थियो ।

    बुलेटप्रुफ गाडी भारतबाटै
    नेपाल भ्रमणभर स्थलमार्गमा प्रयोग हुने दुईवटा बम तथा बुलेटप्रुफ गाडी मंगलबार नै काठमाडौं ल्याइएको छ । त्यसमध्ये एउटा काठमाडौंमा प्रयोग हुनेछ भने अर्को जनकपुरमा प्रयोग हुनेछ । विशेष विमानबाट गाडी र हतियारसहितका ४१ भारतीय सुरक्षाकर्मी काठमाडौं उत्रिएका हुन् ।

    केशव अधिकारी, पूर्वडिआइजी नेपाल प्रहरी
    २८ र २९ वैशाखमा मोदी नेपाल आउँदै छन् । यसै सन्दर्भलाई लिएर उनको सुरक्षामाथि विविध कोणबाट बहस चलेका छन् । उनको सुरक्षाका लागि नेपाल सरकार गम्भीरताका साथ लागेको देखिन्छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि ०७० अनुसार नेपाल सरकारले उनको सुरक्षामा सुरक्षाकर्मी परिचालित गर्नेछ । यद्यपि भारतबाट बाक्लै सुरक्षाकर्मी पनि काठमाडौं उत्रिका छन् । त्यसो हुँदा विगतमा झैँ यसपटक पनि उनको सुरक्षा खटनपटनमा भारतीय सुरक्षाकर्मी नै हाबी हुने निश्चित छ ।

    यस्तो किन हुन्छ ? सोचनीय छ । नेपाली सुरक्षाकर्मी निडर छन् । अब्बल छन् । संसारले स्विकारेको सत्य हो यो । यद्यपि भारतले गर्ने हरेक लडाइँको अग्रमोर्चामा नेपाली सुरक्षाकर्मी नै खटिएका छन् । भारतीय सेनामा झन्डै ४० हजारको संख्यामा नेपाली आबद्ध छन् ।

    कार्गिल युद्ध होस् या भारत–चाइना बोर्डर लडाइँ । त्यहाँ नेपाली नै युद्धको अग्रमोर्चा लडेका छन् । तर, उनीहरूकै देश नेपाल भ्रमणमा आउँदा भने भारतीय सुरक्षाकर्मी ल्याउनु न्यायोचित देखिँदैन । अब हामीले यो सत्यको पक्षमा बोल्नुपर्छ ।

    १८ साउन ०७१ र १० मंसिर ०७१ मा मोदी नेपाल आउँदा म नै ट्राफिक प्रहरी महाशाखा प्रमुख थिएँ । भिभिआइपी चढ्ने कारकेड व्यवस्थापन गर्नु मेरो जिम्मा हो । त्यसवेला पनि भारतीय सुरक्षाकर्मीको हस्तक्षेप मैले खेप्नुप-यो । त्यो ठीक होइन । किनकि नेपालले तयार पारेको ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि निर्देशिका’ले नेपाल भ्रमण गर्ने कुनै पनि भिभिआइपीको सुरक्षा बन्दोबस्तीलाई सम्बोधन गर्ने ल्याकत राख्छ ।

    हुरीबतासले मोदी भ्रमणको तयारी प्रभावित
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी हुरीबतास र वर्षाका कारण प्रभावित भएको छ । प्रदेश सरकार, जनकपुर उपमहानगरपालिका र स्थानीय संघसंस्थाले जनकपुरलाई सिँगारेका वेला मंगलबार राति आएको हुरीबतास र वर्षाले तयारी प्रभावित भएको हो । जनकपुरका विभिन्न स्थानमा बनाइएको स्वागतद्वार भत्केका छन् ।

    झाडु लिएर मेयरसहित सडकमा
    जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, उपमेयर रिता झा, सरसफाइ अभियन्ता वैजथान साह, प्याब्सन धनुषाका पूर्वअध्यक्ष महेश मण्डललगायतले जमेको पानी निकालेर सडक सफाइ गरे । ‘हवाहुरी र वर्षा प्राकृतिक हो, यो हाम्रो वशमा छैन,’ मेयर साहले भने, ‘तर, हामी अन्तिम समयसम्म मोदीको भ्रमणलाई भव्य र सभ्य बनाउन प्रयास गर्छौँ ।’ प्रदेश सरकारले बाह्रबिघामा जमेको पानी निकाल्न करिब २२ जना मजदुर खटाएको छ ।

    व्यवस्थित बनाइँदै विमानस्थल
    मोदी चढेको हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गरिने भएको छ । विमानस्थलको रङरोगन तथा व्यवस्थित बनाउने काम युद्धस्तरमा भइरहेको छ । विमानस्थलमा दमक, एम्बुलेन्सलगायतको प्रबन्ध गरिएको छ ।

    बुधबार बिहानैदेखि विमानस्थलमा रेडक्रस र जनकपुर अञ्चल अस्पतालको एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । जनकपुर उपमहानगरपालिकाको एउटा दमकल पनि तयारी अवस्थामा छ । विमानस्थलका लागि उपयुक्त थप दमकल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि हिँडिसकेको विमानस्थल प्रमुख मुरारीप्रसाद पौडेलले जानकारी दिए ।

    ७ सयलाई भिआइपी पास
    भारतीय प्रधानमन्त्री मोदीको जनकपुरको बाह्रबिघामा हुने नागरिक अभिनन्दन तथा सम्बोधन कार्यक्रममा सहभागी हुन प्रदेश सरकारले ७ सय भिआइपी पास वित्तरण गर्ने भएको छ । भिआइपीहरूका लागि अहिलेदेखि नै प्रदेश सरकारले पासको तयारी गरिरहेको छ ।

    प्रदेशका मन्त्री, प्रदेश २ का राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, पूर्वमन्त्री, संविधानसभा सदस्य, मन्त्रालयका सचिवलगायतलाई प्रदेश सरकारले भिआइपी पासको व्यवस्था गरेको छ । सर्वसाधारणलाई बिहान १० बजेभित्र कार्यक्रमस्थलमा छिर्न सक्ने व्यवस्था मिलाइएको छ । उनीहरूलाई पासको व्यवस्था छैन ।

    ४ कुकुर पनि परिचलान
    मोदीले सम्बोधन गर्ने स्थलवरिपरि नेपाल प्रहरीका ४ वटा कुकुर पनि खटाइने भएको छ । विस्फोटक पदार्थलगायत सामग्री जाँचका लागि काठमाडौंबाट ४ वटा कुकुर जनकपुर ल्याइएको हो । बुधबार ल्याइएका कुकुरलाई विभिन्न स्थान जाँचमा परिचलान गरिएको प्रहरीले जनाएको छ ।

    २८ र २९ वैशाखमा मोदी नेपाल आउँदै छन् । यसै सन्दर्भलाई लिएर उनको सुरक्षामाथि विविध कोणबाट बहस चलेका छन् । उनको सुरक्षाका लागि नेपाल सरकार गम्भीरताका साथ लागेको देखिन्छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि ०७० अनुसार नेपाल सरकारले उनको सुरक्षामा सुरक्षाकर्मी परिचालित गर्नेछ । यद्यपि भारतबाट बाक्लै सुरक्षाकर्मी पनि काठमाडौं उत्रिएका छन् । त्यसो हुँदा विगतमा झैँ यसपटक पनि उनको सुरक्षा खटनपटनमा भारतीय सुरक्षाकर्मी नै हाबी हुने निश्चित छ ।

    यस्तो किन हुन्छ ? सोचनीय छ । नेपाली सुरक्षाकर्मी निडर छन् । अब्बल छन् । संसारले स्विकारेको सत्य हो यो । यद्यपि भारतले गर्ने हरेक लडाइँको अग्रमोर्चामा नेपाली सुरक्षाकर्मी नै खटिएका छन् । भारतीय सेनामा झन्डै ४० हजारको संख्यामा नेपाली आबद्ध छन् । कार्गिल युद्ध होस् या भारत–चाइना बोर्डर लडाइँ । त्यहाँ नेपाली नै युद्धको अग्रमोर्चा लडेका छन् । तर, उनीहरूकै देश नेपाल भ्रमणमा आउँदा भने भारतीय सुरक्षाकर्मी ल्याउनु न्यायोचित देखिँदैन । अब हामीले यो सत्यको पक्षमा बोल्नुपर्छ ।

    जनकपुरको यात्रा, कर्नाटकको प्रचार !

    भारतको दक्षिणी राज्य कर्नाटकको चुनाव प्रचार नरेन्द्र मोदीले नेपालबाट गर्न थालेको टिप्पणी बिबिसी हिन्दी अनलाइनले प्रकाशित गरेको छ । कर्नाटकको चुनाव प्रचारको शून्य समयमा मोदी जनकपुर पुग्दै छन् ।

    उनले रामजानकी मन्दिरमा पूजा गरेको दृश्य टेलिभिजनबाट प्रसारित हुनेछ । कर्नाटकका हिन्दू मतदातालाई प्रभावित गर्न मोदीको भारतीय जनता पार्टीले यो योजना बनाएको टिप्पणी बिबिसी हिन्दीका पत्रकार अनिल चमडियाको छ।

    उनका अनुसार मोदीले यस्तो उपाय पहिलोपटक निकालेका होइनन् । गत वर्ष ८ मार्चमा उत्तर प्रदेशमा निर्वाचन भइरहेकै दिन मोदीले गुजरातमा सोमनाथ मन्दिरको दर्शन गरेका थिए । जसलाई सञ्चारमाध्यमले महत्वका साथ प्रसार गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…