• अर्जुन जम्नेली राई मोरङ

    पथरीशनिश्चरे नगरपालिका मोरङमा १ नम्बर प्रदेश स्तरीय प्रथम सी.एम. कन्दङ्वा टी. ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । पथरीशनिश्चरे क्रिकेट क्लबको आयोजना र एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक विद्यालय मोरङको सहकार्यमा जेठ ५ देखि हप्तादिनसम्म प्रतियोगिता हुने भएको छ । आज(बैशाख २७) पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुरा जनाएको हो ।

    प्रतियोगितामा झापा, मोरङ र सुनसरीको १४ वटा टिम सहभागीहुने आयोजक क्वबका अध्यक्ष अरुण राईले बताए । पथरीशनिश्चरे नगर स्थित पथरी रंगशालामाहुने प्रतियोगिताको विजेता र उपविजेता टिमलाई क्रमस ३५ र २० हजार नगर, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सी.एम.(चन्द्रमान)कन्दङ्वा मोरङ पथरीमा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक हुन् ।

    २०६२ फागुन २५ गते ७७ बर्षको उमेरमा दिगंवत कन्दङ्वाको सम्झना र सम्माणमा क्रिकेट प्रतियोगिताको लागि प्रायोजना गरिएको एभरेष्टका वर्तमान सञ्चालक रविन कन्दङ्वाले बताए । रविन सी.एम.का छोरा हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…