• मधुमल्ला । बहुचर्चित सुन प्रकरण र सनम हत्या काण्डका मुख्य अभियुक्त भनिएका गोरे उर्फ चुडामणि उप्रेतीले मोरङको मिक्लाजुङमा २६ कट्ठा जग्गाका लागि २१ लाख रुपैयाँ बैना दिएको रहस्य खुलेको छ ।
    मिक्लाजुङ वडा नं.९ को अबिर चौकमा रहेको उक्त जग्गा खरिदका लागि गोरेले जग्गा धनी जयगोपाल साहलाई २१ लाख रुपैयाँ बैना दिएको रहस्य खुलेको हो । साहसँग प्रति कट्ठा ६ लाखको दरले किन्ने सम्झौता अनुसार गोरेले २१ लाख रुपैयाँ बैना दिएका थिए । १ करोड ५६ लाख रुपैयाँमा २६ कट्ठा जग्गा किन्ने सम्झौता गर्दै गोरेले मिक्लाजुङ–९ निवासी साहलाई २१ लाख रुपैया बैना दिएपनि थप रकम नदिएका कारण उक्त जग्गा पास नभएको बुझिएको छ । जग्गाका लागि बैना दिएका गोरे सुन काण्डमा मुछिएपछि बैनाको रकमका बारेमा अन्यौलता देखिएको छ । मुख्य अभियुक्त मानिएका गोरे फरार रहेसँगै साह यतिबेला तनावमा रहेको बुझिएको छ । जय गोपाल गल्ला खरिद बिक्री केन्द्रका सञ्चालक साह मधुमल्लाका पूराना ब्यापारी हुन् ।

     

    उनी नेपाली कांग्रेसका स्थानीय नेता पनि हुन् । यता, साहले आफूले २१ लाख रुपैयाँ बैना लिएको स्वीकार गरेका छन् । उर्लाबारीका सामाजिक ब्यक्तित्व विजय कार्कीलगायतको रोहवरमा आफूले जग्गा बिक्रीका लागि बैना लिएको साहले जानकारी गराए । जग्गा बिक्रीका लागि बैना दिएर पास नगरेका कारण आफू समस्यामा परेको उनले गुनासो गरे । क्रसर उद्योग खोल्ने भन्दै आफूसँग जग्गा किनेको उनले खुलाए । गोरे पैसावाला भन्ने चाँही सुनेको तर, नामुद सुन कारोबारी भन्ने बारेमा आफूलाई जानकारी नभएको उनले बताए । जग्गाको रोहवरमा मृतक सनम शाक्य पनि रहेको बुझिएको छ । गोरेले पछिल्लो समय अबैध सुनबाट कमाएको पैसा जग्गामा लगानी गर्दै आएको स्रोत बताउँछ । यो घटनाको रहस्य खुलेसँगै गोरेको लगानीका विषयमा अनुसन्धान बढाउन आवश्यक देखिएको छ । यता उर्लाबारी, मधुमल्ला, दमक लगायत क्षेत्रका केही सुन ब्यापारीहरुसँग पनि गोरेको कारोबार रहेको बुझिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…