• काठमाडौं ,२७ बैशाख । ३३ किलो सुन प्रकरणमा निलम्बनमा परेका बेला एसएसपी दिवेश लोहनीले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।

    पौडेलसँग गोप्य भेटवार्ता गरेपछि लोहनीले अर्थमन्त्री डा।युवराज खतिवडा तथा एमालेका उपाध्यक्ष बामदेव गौतमसँग पनि गोप्य वार्ता गरेका थिए । तर, लोहनी जोगिन भने सकेनन् र अन्ततः मोरङ प्रहरीको हिरासतमा पुगे ।

      तीन हप्ता अगाडि भैँसेपाटीस्थित एमालेका उपमहासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेलसँग भएको उक्त रहस्यपूर्ण भेटवार्तालाई एमालेकै नेताहरूले ३३ किलो सुनकाण्डसँग जोडेर हेर्न थालिएको छ । हेडक्वार्टरमा तानिएका बेला लोहनीले पौडेलसँग वार्ता गरेका थिए ।

    लोहनीसँग वार्ता गर्नु अगाडि पौडेलले आफ्नै निवासमा अर्थमन्त्री डा। खतिवडासँग परामर्श गरेका थिए । त्यति मात्रै होइन पूर्व अर्थमन्त्री पौडेलले एसएसपी लोहनीलाई पूर्वगृहमन्त्री एवम् एमालेका उपाध्यक्ष बामदेव गौतमसँग पनि भेट गराएका थिए । ‘वामदेव गौतम, विष्णु पौडेल, अर्थमन्त्री डा।युवराज खतिवडा र लोहनीबीचको वार्तामा के कुरा भयो जानकारी छैन’, स्रोतले भन्यो ।

    तर ३३ किलो सुनकाण्डमा फसेका लोहनीसँगको गोप्य वार्तामा सुन प्रकरणकै विषयमा लोहनीलाई जोगाउने कुरा भएको स्रोतको दावी छ । एमालेका उपमहासचिव पौडेललाई भेटेको दोस्रो हप्ता लोहनीले गृह मन्त्रालयद्वारा गठित छानविन समितिमा पुगेर बयान दिएका थिए । बयान दिएपछि उनी एक सातासम्म ढुक्क भएर बसेका थिए ।

    तर, डिएसपी प्रजित केसीको बयानले उनलाई पोल्यो र पुनः छानविनसमितिले मोरङ प्रहरीको हिसातमा राखेर अदालतमा बयान लिएको थियो । एसएसपी लोहनी आफूलाई बचाउन माग गरेर पौडेल र गौतमको शरणमा पुगेका थिए ।

    एसएसपी लोहनीले भेटेपछि तनावमा देखिएका एमाले नेता पौडेल बुद्ध सम्मेलनका अवसरमा आफ्नै गृहजिल्ला रुपन्देहीमा भएको कार्यक्रममा भाग लिन गएका थिएनन् । रुपन्देहीबाट निर्वाचित सांसद समेत रहेका पौडेल लुम्बिनी सम्मेलनमा सहभागी नहुनुलाई रहस्यका साथ हेरिएको छ ।

    ३३ किलो सुन काण्डका प्रमुख योजनाकार चुडामणि उप्रेती ‘गोरे’ फरार छन् । त्यति मात्रै होइन त्यही सुनका कारण सनम शाक्यसहित तीनजनाले ज्यान गुमाउनु परेको छ ।

    यति ठूलो काण्ड हुँदा पनि ३३ किलो सुनको भने अत्तोपत्तो छैन । त्यस बेला सत्तामा रहेका अर्थमन्त्री, गृहमन्त्री र सीमित नेताहरूले नै ३३ किलो सुन गायब बनाएको भनेर एमाले मुख्यालय धुमबाराहीमा चर्चा हुन थालेको छ,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।

    सुन काण्डको दोस्रो चरणको अनुसन्धानमा पूर्व अर्थमन्त्री कृष्णबहादुर महराका छोरा निर्मल, बामदेव गौतमका छोरा हरिश, पूर्व एआईजीद्धय विजयलाल कायस्थ, विज्ञानराज शर्मा र उनका भाई दयाराज शर्मा, पूर्व एसएसपी रविराज श्रेष्ठसहित ठूला माछाहरु तानिने भएका छन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…