• गणेश उप्रेती
    उदयपुर÷बैशाख २७
    उदयपुर जिल्लालाई चिनाउन सुरु गरिएको ‘उदयपुर गोल्डकप फुटबल प्रतियोगिता’ को सम्पुर्ण तयारी पुरा भएको छ । पाँचौं उदयपुर गोल्डकप बैशाख २९ गतेदेखि जेठ ५ गते सम्म थारुहट रंगशाला गाईघाटमा हुने भएको हो । गोल्डकप मूल आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा खेल तालिका समेत सार्वजनिक गरिएको छ । जसमा उद्घाटन खेल रुपन्देही ११ र झापा ११ विच खेल हुने छ भने द्रोस्रो खेल  मनाङ मस्र्याङ्दी काठमाडौं र उदयपुर ११ विच प्रतिस्पर्धा हुने छ । त्यस्तै थ्रीस्टार क्लब र मोरङ्ग ११ विच र नेपाल पुलिस क्लब र सुनसरी ११ विच खेल संचालन हुने मुल आयोजन समितिका संयोजक तथा एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनु भयो । 

    त्रियुगा नगरपालिकाको संयोजन तथा एसियन थाईफुड्स प्रालिको प्रायोजनमा खेल संचालन हुने छ ।  प्रतियोगिताको सहप्रायोजन गोर्खा ब्रुवरी प्रालि, जाउलाखेल डिस्टीलरी, उदयपुर सिमेन्ट उद्योग र हिमाली यातायात व्यवसायी संघलगायत बिभिन्न संघसंस्थाहरुले गर्ने छन । 
    उदयपुरमा ३ वटा गोल्ड कप संचालन हुदै आएको छ । जसमा त्रियुगा नगरपालिकामा उदयपुर गोल्डकप, कटारी नगरपालिकामा कटारी गोल्डकप र चौदण्डीगढी नगरपालिकामा नारदमुनी गोल्डकप सञ्चालन हुदै आएका छन् ।
    प्रतियोगिताको पुरस्कार राशी गत बर्ष १ लाख ५० हजार प्रथम पुरस्कार रहेकोमा यस वर्ष बढाएर ५ लाख पुर्याइएको छ । भने उपविजेताले ३ लाख पाउने छन । 


     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…