• केही दिन अघि भाइरल बनेका झापा दमकका बालक अशोक दर्जीको गीत युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ । संगीतकार टंक बुढाथोकीको संगीतमा रहेको गीत युट्युबमा बुधवार दिँउसो सार्वजनिक गरिएका थियो ।

    ‘मन विनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीतमा बुढाथोकीसँगै दर्जीेको स्वर रहेको छ । गीतमा बिराज नेपालको शब्द रहेको छ । काठमाडौं पुतलिसडक स्थित स्टुडियो नाइनमा तयार गरिएको हो ।

    सार्वजनिक गरिएको २४ घण्टामै ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको हो । भिडियोलाई १० लाख बढीले हेरिसकेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएपछि दर्जी बाटोमा गित गाउँदै हिँड्थे । पढाइ समेत छाडेका दर्जीले बाटोमा गाएको गित डिजे रुपकले फेसबुक लाइभ गरेपछि उनको चर्चा सुरु हुन थालेको थियो ।

    पछि उनको प्रतिभालाई बाहिर ल्याउनका लागि टंक बुढाथोकीले आफ्नो लय र संगीतमा रहेको उक्त गीत गाउन अवसर दिएका थिए । भिडियोमा भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको छ । भिडियोमा १२ हजार बढी कमेन्ट आएका छन् ।

    हेर्नुहोस् भिडियोः

    https://www.youtube.com/watch?v=05VjIRaxQAU

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…