देबु बानियाँ
दाङ । यहि बैशाख २८ र २९ गते दाङमा हुन लागेको एरिया ‘डि’ को एरिया कन्फ्रेन्सको तयारी पूरा भएको छ ।
नेपाल जेसीजको आयोजना तथा त्रिभूवननगर जेसीजको आथित्यतामा हुने सम्मेलनको सम्पुर्ण काम पूरा भइसकेको एरिया कन्फ्रेन्सका डाइरेक्टर सुशीलकुमार आचार्यले बताउनु भयो । मञ्च व्यवस्थापन, गेट निर्माणका काम अन्तिम अवस्थामा पुगेको छ भने आर्थिक संकलन समेत भइरहेको छ ।
प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरलले उद्घाटन गर्ने उक्त कन्फ्रेन्समा देशभरका करिव ८ सय जेसीजकर्मीहरुको सहभागिता रहने छ ।
सबैभन्दा धेरै शाखा रहेको यस एरियामा पश्चिम नेपालका ४४ वटा शाखाका पदाधिकारीसहित अन्य ३ वटा एरियाका जेसीजकर्मीहरुको सहभागिता रहने राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष एवम् कन्फ्रेन्स चयरमेना अशोक शंकरले बताउनु भयो । उहाँका अनुसार
कन्फ्रेन्समा सहभागि हुन आउने जेसीजकर्मीहरुका लागि खाना र बस्नको व्यवस्थापनका लागि यस क्षेत्रका सबै होटल बुक गरिसकिएको छ । यो कनफ्रेन्स ऐतिहासिक कन्फ्रेन्स हुने उहाँले बताउनु भयो । ‘हामीले सानो भन्दा सानो कुरालाई पनि कमजोरी नहोस भन्ने लक्ष्य लिएका छौँ’ कार्यकारी उपाध्यक्ष शंकरले भन्नु भयो–‘यहाँबाट फर्केर गएपछि जेसीजमा केही न केही नयाँ शन्देश लिएर जाने अवस्थाको सृजना गर्नेछौँ ।’
सम्मेलनमा नेपाल जेसीजले वर्ष २०१८ का लागि ल्याएको "Yes ! we shine; By Rising Responsibility" भन्ने नारालाई सार्थक बनाउन युवा जागरण अभियान नै मुख्य प्रकरण रहेनछ ।
यसैगरी त्रिभूवन नगर जेसीजलगायत यस एरियामा रहेका शाखाहरुले यस कन्फ्रेन्सबाट नेपाल जेसीजको अभियानलाई सफल बनाउनका लागि थप नयाँ आयाम थप्ने विश्वास रहेको बताइएको छ । उनीहरुले अबको युवा उर्जावान र समृद्धिका लागि जागरण हुनु पर्ने कुरालाई यस सम्मेलनमा मुख्य विषय वस्तुका रुपमा राखिने बताएका छन् ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, बोर्डका पदाधिकारी सदस्यहरुलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ ।
कन्फ्रेन्स सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत निर्माण गरिएको छ । दाङ जिल्लाको प्रतिष्ठाका रुपमा हेरिएको यस कन्फ्रेन्सले यहाँको पर्यटनको क्षेत्रमा समेत थप योगदान गर्ने लक्ष्य लिएको छ । जसका लागि यो कन्फ्रेन्सलाई भव्य रुपमा सफल बनाउन यहाँका सबै शाखाहरु क्रियाशील भएर लागि परेका छन् ।