• काठमाडौं । साढे ३३ केजी सुन तस्करीमा मुछिएका डीआईजी गोविन्दप्रसाद निरौलासहित ११ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा छानबिन कारवाही अघि बढाउने भएको छ। जिल्ला सरकारी वकीलको कार्यालयले यी अभियुक्तमाथि भ्रष्टाचारमा समेत छानबिन हुनुपर्ने देखिएको भन्दै अदालतमा माग गरेपछि अख्तियारले छानबिन गर्ने भएको हो।

    सुन तस्करीमा मुछिएका डीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जयबहादुर राउत, सइ बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का, हवल्दार अमर भन्ने अम्बरबहादुर थापा मगर, नेपाल वायु सेवा निगमका कर्मचारी राजु महर्जन, राजन थापा, तुलाराम थापा र अमरमान डंगोलमाथि भ्रष्टाचारमा छानबिन कारवाही अघि बढाउने तयारी अख्तियारले गरेको छ। अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार उनीहरू राष्ट्रसेवक भएको र निजी लाभको आरोप लागेकाले भ्रष्टाचार निवारण ऐन अनुरूप छानबिन कारवाही अघि बढाइने छ।

    ‘भ्रष्टाचारमा छानबिन गर्ने सन्दर्भमा अख्तियारले उनीहरूलाई ‘नोटिस’ मा लिएको छ। अदालती कारवाही सकिएपछि अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाउने छ’, सहसचिव प्रवक्ता मैनालीले भने। यी अभियुक्तका हकमा मोरङका सरकारी वकीलले भ्रष्टाचारमा छानबिनका लागि अख्तियारमा पठाउन अदालतसँग माग गरेको जानकारीमा आएको पनि उनले जानकारी दिए। छानबिनबाट अकुत सम्पत्ति आर्जन वा अन्य भ्रष्टाचार देखिए बयान लिएर ऐनअनुसार कारवाही चल्ने जानकारी उनले दिए। जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५९ बमोजिम अनुसन्धान हुनुपर्ने भन्दै मिसिल अख्तियारमा पठाउन अदालतसमक्ष माग गरेका हुन्। अन्नपूर्ण पोस्टबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…