• हिन्दू धर्मको रक्षार्थ अफुलाई गोली हान्न लगाउने र त्यसबाट धार्मिक फाइदा लिने रणनीति तयार गरेकोमा आरोपित हिन्दू धर्मका धर्मगुरु श्रीनिवासाचार्यले रुँदै भने, ‘मलाई फसाइयो, म निर्दोष छु ।’ उनी भन्छन्, ‘एउटा धार्मिक व्यक्तिले यस प्रकारको अधार्मिक र असत्यको बाटो समाउँदैन ।’

    प्रहरी हिरासतमा पानीसहितको भोजन त्यागेर अनसन बसेपछि बिरामी परेका श्रीनिवासाचार्यलाई कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उक्त समय विराटनगरको न्यू सृष्टि दैनिक पत्रिकाले श्रीनिवासाचार्यसँग गरेको कुराकानीको अंश यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।

    तपाईलाई कसले गोली हान्यो ?
    मैले चिनिनँ । मलाई गोली हान्ने अहिले प्रहरी हिरासतमा रहेका माधव चौधरी होइनन् । सखारै पिसाव फेर्न निस्किएको बेला मलाई गोली हानिएको हो ।

    गोली हान्ने कति जना थिए ?
    एक जना । अध्यारो भएकाले मैले चिनिन । मेरो सहयोगी माधव चौधरीले किन मैले आफैंलाई गोली हान्न प्रयोग गरे भन्ने कुरा बुझ्न सकेको छैन ।

    अरुलाई धर्मकर्म र सत्य कुरा सिकाउने तपाई छातीमा हात राखेर भन्नुहोस् त तपाई आफैंले आफैंलाई गोली हानेको होइन ?
    (अक्मकिदै...) धरोधर्म मैले आफैंले आफैंलाई गोली हानेको होइन । म यस्तो पाप काम किन गर्छु र ?

    तर, प्रहरी अनुसन्धानले त तपाई आफैंले गोली हान्न लगाउनुभएको फेला पार्यो नि ?
    मलाई थाहा छैन । केही पनि थाहा छैन । प्रहरीले किन यसरी मलाई फसाइरहेको छ । मैले आफैंले आफैंलाई किन गोली हान्न लगाउँथे र ! मविरुद्व गम्भीर षड्यन्त्र भएको छ ।

    यति धेरै पण्डित, पुरोहित हुनुहुन्छ, प्रहरीले तपाईलाई नै किन फसाउनु पर्यो त ?
    मलाई फसाइयो । किन मलाई नै फसाइयो बुझ्न सकेको छैन । मेरो ज्यान खतरामा छ ।

    तपाई किन दिल्ली भाग्न लाग्नुभएको त ?
    एपोलो हस्पिटलका एक डाक्टरले उपचारका लागि बोलाउनुभएको थियो । त्यसैले म दिल्ली जान हिँडेको हो । एयरपोर्टबाट मलाई गिरफ्तार गरियो । पक्राउ परेका दुई जनाले जे भन्छन् त्यो मान्नु भनेर मलाई विराटनगर ल्याइयो । प्लेनमा मलाई धम्की आयो– केही बोलिस् भने ज्यान रहने छैन । पत्रकार सम्मेलनमा पनि मलाई केही बोल्न दिइएन ।

    तपाईको यी दावीलाई कसरी पत्याउने ? प्रहरी अनुसन्धान त निकै सशक्त देखिन्छ नि !
    म हिन्दू धर्म मान्ने व्यक्ति हुँ । पुराण भन्दै हिड्छु । सत्यको बाटोमा हिँडेको छु । गलत कुरा बोल्दिन । मलाई फसाइयो । मेरो ज्यान खतरामा छ । मलाई बचाउनुहोस् । मैले कुनै गल्ति काम गरेको छैन ।

    गोलीकाण्डपछि तपाई र माधव चौधरीबीच बरोबर कुराकानी भइरहेको देखिन्छ । चौधरीलाई प्रहरीले विराटनगर बोलाउँदा किन आउन आनाकानी गरे त ?
    मलाई थाहा छैन । माधव चौधरीलाई मैले एक महिनाअघि चितवनबाट ल्याएर सहयोगी बनाएको हो । हिन्दू धर्ममा सक्रिय भएर लाग्छु भनेपछि साथ लिएको हुँ ।

    तपाईलाई कोबाट खतरा छ ?
    मलाई केही थाहा छैन । मलाई यो नर्कबाट निकाल्नुहोस् । म बराहक्षेत्र धाममै गएर बस्न चाहन्छु ।

    तपाईका कुरालाई कसरी विश्वास गर्ने त ?
    भगवान माथि हुनुहुन्छ । सबै हेरिरहनुभएको छ । मैले कुनै गलत काम गरेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…