• भारतीय प्रधानमन्त्री नरेन्द्र यस पटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा भएको बताएका छन् । बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाली भाषामा भने–‘मेरो यस पटकको नेपाल भ्रमण प्रधानमन्त्री भन्दा पनि प्रधान तीर्थ यात्रीको रुपमा हो ।’

    सम्बोधनकै क्रममा नेपाल र भारतको सम्बन्धको महत्वलाई बताउँदै उनले नेपाल विना भारतको आस्था अधुरो भएको बताए । उनले भने–‘भारत र नेपालको सुख पनि समान, चुनौती पनि समान, इच्छा र सपना पनि समान । नेपाल विना भारतको आस्था, इतिहास अधुरो छ ।’

    सम्बोधनकै क्रममा उनले नारीहरुलाई कसरी सम्मान गर्न सकिन्छ भन्ने सिकाउने नेपालको धर्ति भएकोले मिथिला कलामा महिलाको योगदान विशेष रहेको प्रशंसा पनि गरे । नेपालको खुलेर प्रसंशा गरेका मोदीले नेपालको स्वाभिमान सगरमाथा भन्दा अग्लो भएको पनि बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…