• पथरीशनिश्चरे २८ बैशाख ।मोरङको पथरीशनिश्चरे १० स्थित पशुपति सामूदायिक वन उपभोक्ता समूहले जिल्ला वन कार्यालयले दिएको कटान आदेश भन्दा १ हजार ८सय किवी बढी काठ कटान भएको खुलेको छ ।
    उपभोक्ताले केही दिन अघि सामूदायिक वनमा अनियमितता भएको भन्दै जिल्ला बन कार्यालयमा उजुरी दिएपछि बिहीबार जिल्ला बनको टोलीले घाटगद्दी गरेको काठ पुन जापजोख गरेको थियो । जिल्ला बन कार्यालयका सहायक वन अधिकृत सरोजकुमारी कोइरालाको नेतृत्वमा आएको टोलीले कार्यालय परिसरमा घाटगद्दी राखेको काठ नाप्दा १ हजार ८ सय २० किवी बढी फेला परेको उपभोक्ता एवं पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राईले बताउनु भयो । राईले भन्नुभयो –जिल्ला वनले २०७४ फागुन २१ गते २ हजार ६ सय ७१ दशमलब किवी लकडी र ४ दशमलब ५ चट्टा दाउरा काट्ने आदेश दिएको थियो ।तर, समितिले आफ्नै मनोमानि ढङ्गले १ हजार ८ सय किवी बढी काठ काटेको देखिएको छ ।
    यस अघि समितिले दुई वटा पत्र देखाएर ५ हजार २ सय किबी लकडी कटान गरेको दाबी गर्दै आएको थियो । समितिले देखाएको उक्त पत्र पनि नक्कली भएको रहस्य खुलेको छ । उपभोक्ताले बारम्बार सचेत गराउँदा समेत समितिले बलजफ्ती गरेपछि उपभोक्ताहरू जिल्ला बनको ढोका ढक्ढक्याउन पुगेका हुन् । समितिले कटानको आदेश अनुसारको परिमाण पु¥याउँन सेक्टर बन कार्यालय मंगलबारेका प्रमुख सहायक वन अधिकृत तारिणीप्रसाद चौधरीलाई प्रयोग गरेको थियो । चौधरीले समिति कै सेटिङमा पुन नापजोख गर्दा पनि १ हजार २ सय किवी बढी काठ घाटगद्दीमा देखिएको थियो । चौधरीसँग सेटिङ मिलाएर कम परिमाणमा काठ देखाउनेमा वडासदस्य मैनादेवी आचार्य लाग्नु भएको थियो । आचार्यले मोटो रकम चौधरीकोमा पु¥याएको उपभोक्ता दावी गर्छन् ।
    उता जिल्ला वन कार्यालय मोरङका सहायक वन अधिकृत सरोजकुमारी कोइरालाले वनको स्वीकृति नलिइ रुख काटिएको स्वीकार्नु भयो । नापजोख गर्दा स्वीकृति भन्दा बढी कटान भएको देखिएको बताउँदै उहाँले भन्नुभयो –हामी अनुसन्धानका क्रममा छौं । उहाँले कार्ययोजनामा उल्लेख भए अनुसार बिस्तारै कटान गर्न सक्नु हुन्थ्यो तर हतार गरेको देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…