• देबु बानियाँ
    दाङ । प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले १५ दिन भित्रमा बाम एकता गरेर देखाउने ठोकुवा गरेका छन् । 
    नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तरगत एरिया डि को एरिया कन्फ्रेन्सको शुक्रवार दाङको घोराही उप महानगरपालिकामा उद्घाटन गर्दै मुख्य मन्त्री पोखरेलले जेठ १५ भित्रमा बाम एकता गरेर वजेट ल्याउने बताए । 
    ‘तपाईहरुलाई अबको १५ दिनमा सुखद खबर सुनाउने छौँ’  कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री पोखरेलले भने – ‘अहिलेसम्म जे जस्तो अवस्थाका कारण एकता हुन सकेन अब त्यस्तो हुने छैन ।’
    जनताको विश्वासले आज दुई वटा पार्टीलाई मत दिएर ठूलो दल बनाएको बताउँदै जनताको विश्वासलाई कुठराघात गर्न नहुने उनको तर्क थियो । उनले अब बाम एकता हुनुको कुनै विकल्प नरहेको बताए । 
    भारतीय र चीन दुई ठूला देश भएकाले उनीहरुको अनुशरण गर्दै देश विकासमा लाग्नु पर्ने बताए । भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा देखिएको ालोचनाप्रति इङकित गर्दै उनले छिमेकीहरुसँग समधुर सम्बन्ध राख्नु पर्ने बताएका हुन् । कुनै समय सविधान नमान्ने दल नै अहिले संविधान कार्यन्वयनमा मुख्य पात्र बनेर अघि बढेको बताउँदै अब देश आर्थिक समृद्धिमा लैजानु पर्ने कुरामा जोड दिए । 
    अर्काे प्रशंगमा मन्त्री पोखरेलले देशका आम युवाहरुलाई व्यक्तित्व र नेतत्व विकास गराउँदै आर्थिक समृद्धिको बाटोमा जेसीज युवाहरु लागेको बताउँदै निरन्तर यो समाजको खबरदारी गर्न सुझाव दिए । 
    कार्यक्रमका विशेष अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले अबको सरकारले ५ वर्षमा आम युवाहरुलाई समृद्धिको बाटोमा डोहोर्याउन आग्रह गरे । उनले मुख्य मन्त्री शंकर पोखरेलप्रति इङिकत गर्दै ५ वर्षका लागि स्थायी सरकार बनेकाले युवाहरुलाई समेट्नका लागि आफ्नै देशमा स्थायी स्रोतको खोजी गर्न आग्रह गरे । 

    कार्यक्रमको अध्यक्ष्यता गरेका एरिया डि का निरुपित कायकारी उपाध्यक्ष अशोक शंकरले अबका युवाहरु कुनै अफिसमा जागिर खादैँ हुनुहुन्छ भने त्यो अफिसमा जति जागिर खाने युवाहरुले त्यति नै संख्यामा अबको ५ वर्षमा जेसीजको माध्यमद्धारा रोजगारी दिन सक्ने हुनु पर्ने बताए । कार्यक्रममा तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डे, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, प्रदेश सभाका सांसद अमरबहादुर डाँगी, जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख दुर्गासिंह चन्द, नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भूसाल, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन, ब्रह्मकुमारीज राप्ती अञ्चल प्रमुख गिता दिदी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेलगायतले बोलेका थिए । 
    आथित्य शाखा त्रिभूवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारीले कार्यक्रममा सहभागिलाई स्वागत गरेका थिए । दाङ लेडी जेसीजकी कार्यकारी उपाध्यक्ष शारदा घर्तीको आस्था वाचन, लेडी जेसीजकै महासचिव ममता विष्टले जेसीजको मिसन र भिजन वाचन गरेका थिए । 
    नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष विजय घिमिरेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सचालन त्रिभूवननगर जेसीजका महासचिव बुद्धिप्रकाश शर्मा र सचिव टंक रावतले सयुक्त रुपमा गरेका थिए । 
    शनिवारसम्म चल्ने एरिया कन्फ्रेन्समा एरिया डि का ४४ वटा शाखासहित देशभरका ८ सय जेसीजकर्मीको सहभागिता रहेको छ । 

     

     


     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…