• विश्व नर्सिङ दिवस शनिबार संसारभरि मनाइँदै छ । नर्सिङ सेवाको सुरुआत गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मदिनमा मनाइने नर्सिङ दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ ।

    यस वर्ष नर्सिङ दिवसको नारा ‘स्वास्थ्य एक मानवअधिकार’ भन्ने छ । अस्पताललाई सफा राख्न र बिरामीको सम्मान तथा भावनालाई कदर गर्न नाइटिंगेल नै सुरुआत गरेको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी कम्युनिटी नर्सिङ अधिकृत कविता अर्यालले भनिन्, ‘आज उनले दिएको ज्ञान र सीपलाई विश्वभरका नर्सहरूले अंगालिरहेका छन् ।’ तर, नर्सहरूले पाउने सेवा, सुविधा भने कामअनुसार उपयुक्त छैन । उनीहरूले पढाइमा लाग्ने खर्चको तुलनामा कम पारिश्रमिकमा काम गरिरहनुपरेको छ ।

    नर्स बन्न आठ लाख खर्च
    नर्सिङ क्षेत्रका जानकारहरूका अनुसार नर्स बन्न नेपालमा चारदेखि आठ लाख रुपैयाँसम्म लाग्ने गरेको छ । वीर अस्पतालकी नर्सिङ अधिकृत रमिला चौलागाईंले नर्स बन्न एकिन रकम नतोकिएको बताइन् । सिटिइभिटीबाट मान्यता प्राप्त निजी कलेजहरूले फरक–फरक शुल्कमा नर्सिङ पढाइ गर्छन् ।

    निजी अस्पतालमा चारदेखि आठ लाखसम्म खर्च हुने गरेको उनले बताइन् । सरकारी स्वास्थ्य संस्थाले भने दुईदेखि तीन लाखसम्म लिने गर्छन् । तर, खर्चअनुसारको नर्सले तलब पाउँदैनन् । ‘नर्सलाई मासिक १० देखि ११ हजार रुपैयाँ तलब दिन्छन्,’ उनले भनिन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…