• काठमाडौं/विवेकशील साझा पार्टीले शुक्रबार पार्टी कार्यालयमा टाँगिएको तुल प्रहरीले हटाएको विरोधमा शनिबार प्रदर्शन गरेको छ। ललितपुरस्थित पार्टी कार्यालयमा विवेकशील साझाका नेतारकार्यकर्ताले ‘मोदीजी, स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’, ‘अधिनायकवादी ओली सरकार होसियार’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे।

    प्रर्दशनपछि नाकाबन्दी लेखिएको बेलुन आकाशमा उडाइएको छ।

    दुई दिने राजकीय भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे २ वर्षअघिको नाकाबन्दी सम्झाउन विवेकशील साझाले प्रदर्शन गरेको हो। यसअघि शुक्रबार सो पार्टीले मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं लेखेर कार्यालयमा टाँगेको तुल प्रहरीले झिकेर लगेको थियो।

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस केन्द्रीय सदस्य गगन थापा लगायत नेताले सरकारको सो कदम निन्दनीय भएको बताएका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…