• आर एन चौधरी थारु

    बैशाख २९ गते

    मलेसिया-मलेसियामा गाडीको ठक्करबाट एक नेपाली कामदारको दु:खद निधन भएको छ्। मलेसियाको दोस्रो ठूलो प्रान्त जोहोरबारु स्थित सुपरमार्केटमा सुरक्षागार्डमा कार्यरत सखुवासभा जिल्ला पाँचखपन ९ निवासी दावा छिरी शेर्पाको शुक्रबार बिहान करिब ३:१० बजे गाडीको ठक्कर बाट निदन भएको हो।

     ड्युटीको समयमा गेट नीर बसि रहेको अवस्थामा यहाँ मलेसियाकै एक स्थानीेयले गाडिले ठक्कर दिदा टाउकोमा गम्भीर चोट लागन गइ घटना स्थलमै शेर्पाको मृत्यु हुन पुगेको मृतक संगै सोही कम्पनीमा काम गर्ने दुर्गा गुरुङले जानकारी दिएका छन।

     जानकारी अनुसार गाडी चालकले अत्याधिक मात्रामा मदिरा सेवन गरेकोले गाडी अनियन्त्रित भैइ दुर्घटना भएको हो। एकदमै मिलनसार स्वाभाव रहेको मृतक शेर्पा बिगत ४ बर्ष देखि ज्यापुडा नामक सेक्युरिटी कम्पनीमा कार्यरत थिए।

    स्यानै हुदा बुवा आमा समेत गुमाएका हाल मृतक शेर्पाको घरमा उनका श्रीमति र तीन जना छोरा छोरी रहेका भने मृतकको शव पोस्टमार्टमको लागी अस्पताल लगिएको छ। केही महिना अगाडि देखि मलेसियामा विभिन्न कारणले नेपाली कामदारको मृत्युु हुनेको संख्या दिन प्रती दिन बढ्दै गैइ रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…