• २९ वैशाख, फुजेरा । नेपाली नयाँ वर्ष २०७५ को अवसरमा युएईको पहाडी इमिरेट्स फुजेरामा आयोजित विशेष सांगीतिक कार्यक्रममा सहभागी कलाकार, प्रायोजक, स्वयंसेवक र सहयोगीहरुलाई विशेष सम्मान गरिएको छ । कार्यक्रमलाई सफल बनाउन योगदान गरेका फुजेराको सकमकममा रहेको सिल्भर स्पून रेस्टुरेन्टका संचालक नरेन महर्जन, नेपालको लोकप्रिय अनलाइन पत्रिका अनलाइनखबर डटकमका युएई प्रतिनिधि रामप्रसाद ढुंगेल, सकमकममा रहेको नासर लेडिज सैलुनका प्रतिनिधि दिपा पाण्डेलाई आयोजक समुहले मायाको चिनो र दोसल्ला ओडाएर विशेष सम्मान गरेका छन् । वैशाख २८ गते फुजेराको नमस्ते रेस्टुरेन्टमा आयोजित समिक्षा बैठकमा कार्यक्रमका प्रस्तुति दिने युएईमा कार्यरत कलाकारहरु र स्वयंसेवकहरुलाई पनि कदर पत्रका साथमा सम्मान गरिएको छ ।

    आयोजक समुहका संयोजक उत्तम थापाको सभापतित्वमा आयोजित समिक्षा बैठकमा कार्यक्रम सफल बनाउन झापाली समाज फुजेरा क्षेत्रीय समितिले सबैभन्दा राम्रो भुमिका निर्वाह गरेकोमा सबैले झापाली समाज फुजेरालाई सामुहिक धन्यवाद प्रकट गरेका थिए । कार्यक्रममा नेपालबाट आएका गायक शिव परियारको प्रस्तुतिलाई सबैले उत्कृष्ट, लोकगायिका पुर्णकला बिसि र नायक सलोन बस्नेतको प्रस्तुतिलाई मध्यम स्तरको र युएईमा श्रमरत नेपाली कलाकारहरुको प्रस्तुतिलाई मनोरञ्जनात्मक रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

    समिक्षा कार्यक्रममा झापाली समाज युएईका केन्द्रीय उपाध्यक्ष रेनु ढकाल, एनआरएन फुजेरा क्षेत्रका कार्यवाहक अध्यक्ष सेर सुनार, सदस्य लक्ष्मण पौडेल, झापाली समाज फुजेरा क्षेत्रका अध्यक्ष काशीनाथ कार्की, प्रवासी मञ्च फुजेराका सचिव मेघराज कंडेल, जनसम्पर्क समिति फुजेराका प्रतिनिधि कृष्णप्रसाद पौडेल, स्याङ्जा सहयोग समाज फुजेरा क्षेत्रका कार्यवाहक अध्यक्ष झपिन्द्र बस्याल, अर्घाखाँची सम्पर्क समितिका फुजेरा अध्यक्ष मुकेश पन्थी, कलाकारका प्रतिनिधि राम सापकोटा, सह प्रायोजक सिल्भर स्पून रेस्टुरेन्टका संचालक नरेन महर्जन, नासर सैलुनबाट प्रतिनिधि दिपा पाण्डे, स्वयंसेवकहरुको प्रतिनिधि खिना मगर लगायतले कार्यक्रमको सबल र दुर्बल पक्षमा खुलेर चर्चा गरेका थिए ।

    फुजेरामा स्थानीय देशको संस्कृति मन्त्रालयको हलमा नेपालका चर्चित कलाकारहरुका साथमा यहाँ कार्यरत नेपाली कलाकारहरुलाई एकै मञ्चमा यो स्तरमा कार्यक्रम आयोजना गर्नु र फुजेरामा अस्तित्वमा रहेका आठ नेपाली संघसंस्थालाई एकताबद्ध गराउन सक्नु आफैमा गौरवको विषय रहेको आयोजकको दाबी छ । तर, कार्यक्रम ढिलो शुरु हुनु, कार्यक्रममा उपस्थित अतिथि, पत्रकार र प्रायोजकहरुलाई उचित सम्बोधन हुन नसक्नु, कार्यक्रम तालिकाबारे आयोजक नै अन्योलमा रहनु, अपेक्षित दर्शक सहभागी गराउन नसक्नुमा आयोजकहरुले जिम्मेवारी दिएका व्याक्तिहरुले राम्रो भुमिका निर्वाह नगरिदिएका कारण कमजोरी स्वीकार गर्दै क्षमायाचना गरेका छन् । 
    समिक्षा कार्यक्रममा स्वागत मन्तव्य प्रकट गर्दै आयोजक समुहका किपर्सन सुजन सापकोटाले सहभागीहरुले उठाएका सवालहरुको चित्तबुझ्दो जवाज दिएका थिए । कार्यक्रममा लेखा समितिले २६ हजार दिरामको आय र करिब २२ हजार दिरामको ब्ययको आर्थिक रिपोर्ट सार्वजनिक गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…