• विराटनगर / नेपाली कागेंसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरवहादुर देउवालको नेतृत्व परिवर्तन नभएसम्म कांग्रेस कमजोर अवस्थामै गुज्रने बताएका छन् । जहिले सम्म देउवाजी सभापतिमा बस्नु हुन्छ कांग्रेस कमजोर रहन्छ ।

    आज विराटनगरमा मोरङ क्षेत्र न ६ को क्षेत्रीय समितिको सम्पर्क कार्यालय उदघाटन गर्दै डा. कोइरालाले भने , कांग्रेसलाई वलियो बनाउने हो भने तत्कालै नेतृत्व परिवर्तन गर्न आवश्यक छ ।
    देउवाले पार्टीमा गुट उपगुट चलाएर संगठन कमजोर बनाएको र पार्टी ध्वस्त हुन लागेको उनको
    आरोप थियो ।

    निर्वाचनमा हारको जिम्मेवारी पनि लिन नसक्ने देउवाजीलाई सभापति भएर बस्ने अवस्था छैन कोइरालाको धारणा रहेको छ । पार्टी हारेको छैन , व्यक्ती हारेको हो उनले भने । जिम्मेवारी पनि लिन नसक्नेले पार्टीको नेतृत्व सम्हालिरहनु कतिको न्यायसंगत हो कोइरालाले आक्रोस पोखे ,। कांग्रेसलाई पुरानै स्थितिमा फर्काउन १४ औ महाधिबेशन तत्कालै डाकिनु पर्ने कोइरालाले माग गरे । महाधिवेशनले देउवालाई वर्खास्त गरेपछि पार्टी पुरानै स्थितिमा फर्कने छ उनको ठोकुवा थियो । कांग्रेसले नयाँ नेतृत्व पाएपछि बामगठबन्धनबाट तर्सिरहनु नपर्ने उनको विश्वास थियो । यसको लागी सर्वप्रथम महासमितिको वैठक तत्कालै बसाउन जरुरी छ कोइरालाले आग्रह गरे ।

    देश संघीयतामा गइसकेपनि पार्टी पुरानै मान्यतमा चलेको चर्चा गर्दै कोइरालाले भने , एउटै क्षेत्रमा ३ क्षेत्रीय सभापतिले काम गरिरहेका छन्, यो भन्दा लाजमर्दो कुरा के हुन्छ । एउटा गाउँपालिका वडामा परिणत भैसक्यो त्यस्ता ठाँउमा हाम्रो संगठन कमजोर छ उनले थपे यसका लागी पनि पार्टीमा नयाँ विद्यान निर्माण गर्न आवश्यक रहेको छ ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…