•  

    इटहरी/ नेपालमै पहिलो पटक इटहरीमा भएको भैंसी सुन्दरी प्रतियोगितामा इटहरी २ की मिठुमायाँ कार्कीले पालेको भैसी भैसी सुन्दरी प्रतियोगितामा प्रथम भएको छ । ३ ठाउँबाट आएको ३ दर्जन भैसीलाई जित्दै मिठुमायाँले पालेको हिरा भैसी प्रतियोगितामा प्रथम भएको हो ।

    वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालको आयोजनातमा इटहरी २ स्थित हवाई चौकमा शनिबार सम्पन भैंसी सुन्दरी प्रतियोगितामा मिठुमायाको भैंसी सबैभन्दा उत्कृष्ट भएको छ । त्यो सँगै मिठुमायाको हिरा नामक भसीले ११ हजार नगद जिते सँगै मिठुमाया दंग थिईन । भैसीले पुरस्कार जित्ला भन्ने कहिले लागेको थिएन पुरस्कार हात पारे सँगै उनले भनिन् मेहेनतको फल राम्रो हुदो रहेछ ।

    त्यस्तै प्रतियोगितामा इटहरी नरबहादुर कार्कीले पालेको चम्पा नामक भैंसी दोस्रो भयो । दोस्रो हुने चम्पा भैंसीले ९ हजार नगद जिते पछि भैसीका धनी नरबहादुर परिवार हर्षित भए । त्यस्तै इटहरीकै बेधनिधि दाहालले पालेको काली भैंसी तेस्रो भएर नगद ३ हजार ५ सय रुपैया जितेको हो । हामीले सम्बभत नेपालमै पहिलो पटक भैंसी सुन्दरी गराएका छौ यसको उदेश्य किसानलाई उत्साहित गर्नु हो आयोजक संस्थाका अध्यक्ष टंक दाहालले भने ।
    प्रतियोगितमा सहभागिता जनाउने भैंसीहरुको ८० हजार बराबरको जिवन बिमा गरिदिने आयोजकले जनाएको छ । प्रतियोगितामा इटहरी वडा नं १,२,३,४ र २० बाट ३८ वटा भैंसीहरु सहभागी भएका अध्यक्ष दाहालले जनाए । उनले भने किसानहरुले उत्साह पूर्वक भैसी प्रतियोगितामा सहभागीता गराए । भैसीको सफा सुगरका साथै हेल्दी समेत हेरिएको थियो ।

    भैंसी प्रतियोगितामा राष्ट्रिय भैसी अनुसन्धान केन्द्रका भैंसी बैज्ञानिक पवनकुमार झा जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो डा. विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले भैंसी जाँच गरी सुन्दरी प्रतियोगितामा ल्याईएका भोसीमध्ये उत्कष्ठताको निर्णय गरेका थिए । पछिल्लो समयमा मानिसहरु विलासी जिवन बिताउँन थाले पछि गाउघरमा खेती किसान गर्नेहरुको संख्या कम हदै जादा कृषि प्रधान देशमा कृषकहरुको खेडेरी लागीरहेको कारण किसानहरुलाई उत्साहित गर्ने उदेश्यले सिरुवा महोत्सवको कार्यक्रम आयोजना गरी कृषकहरुलाई आवश्यक पर्ने ढिकी,जातो लगायतका लोप हुदै गएको सामाग्रीहरु समेत प्रर्दशनीमा राखिएको आयोजक समितिले जनाएकको छ ।

    भैंसीहरुलाई अतिथिको विल्ला भिराई राखिएको थियो । भैंसी सुन्दरी प्रतियोगिता हर्ने आउँनेहरुको घुईचो लागेको थियो ।ब्लाष्टखबरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…