• उर्लाबारी । सकारात्मक सोच अनि समाजसेवा प्रतिको मोह भएका उर्लाबारी ९ दुर्गापुरीका हेमराज गुरुङ समाजमा केही राम्रो गरौं भन्ने युवा भनेर परिचित छन् । पारदर्शी र इमान्दारिता भएकै कारण उनले युवा पिढी तथा अग्रजहरुको पनि मन जितिसकेका छन् । राजघाट उज्यालो समाज दुर्गापुरीका अध्यक्ष रहेका हेमराजकै नेतृत्वमा विगत ३ बर्षदेखी दुर्गापुरी बजार उज्यालो छ ।
    लोडसेडिङको समयमा पनि इन्भटरको माध्यमबाट बिजुली बल्ने वातावरण बनाइएको छ । जसको कारण यात्रु तथा बजारवाशीले सुरक्षितको महसुष गरेका छन् । विदेशमा भने जस्तै आम्दानी गर्न नसकेपछि स्वदेशमै ब्यापार व्यवसाय गरिरहेका हेमराज आफ्नो गाउँ ठाउँ आफै बनाउनुपर्छ भन्छन् । हामी युवा शक्तिले नै गाउँठाउँको विकास तथा अगुवाई गर्ने हेमराजले भने,जो जस्ले गरेपनि राम्रो कामको प्रशंषा गर्नुपर्छ , विकासमा राजनिती गर्नुहुँदैन् । दुर्गापुरी बजारमा उज्यालोको लागि बजारवाशी तथा देशविदेशमा रहनुहुने सहयोगी मनहरुले सहयोग गरेको हेमराज बताउनुहुन्छ । 
    उक्त रमकबाट बत्ति जडान भएको हो भने सोहि रकमबाट बत्ति बिग्रीएमा फेर्ने तथा महषुल तिर्ने गरिएको छ । कोष बढाउनका लागि बर्षेनी तिहारमा देउशीभैलो कार्यक्रम गर्ने गरिएको हेमराज बताउछन । यद्यपि,बचन दान भनिएको रकम कतिपय अझै उठ्न नसकेको हेमराज बताउछन् । बजारको सुरक्षाको जिम्मा स्थानीय तहको पनि तर त्यहाबाट उज्यालो राजघाटले अहिले सम्म सहयोग लिएको छैन् । स्थानीय तहले पनि सहयोग गर्नुपर्ने अपेक्षा हेमराज राख्छन ।  भन्छन्, सरकारको मुख ताक्ने त होईन तर बजेटले सबै क्षेत्र हेरिनुपर्छ । 


    हेमराज उर्लाबारी जेसिज र उद्योग बाणिज्य संघका सदस्य पनि हुन् । न्यानो अभियान उर्लाबारीका सल्लाहाकार हेमराज स्थानीय स्तरमा सामाजिक काममा अगुवाई मात्र गर्ने नभएर सहयोग पनि गर्ने गर्नुहुन्छ । उहाँको प्लस प्वाईन्ट भनेको उहाँ ईमान्दारी र पारदर्शी हुनुहुन्छ,जसको कारण कसैले औंला उठाउन सकेको छैन् । बरु उल्टै जे गर्छ हेमराजले नै गर्छ भन्नेहरु धेरै छन् । सामाजिक काम गर्दा कत्तिको खुट्टा तान्नेहरु हुन्छन् नि भन्दा हेमराज भन्छन्, खुट्टा तान्ने बिना त काम नै गर्न सकिदैंन उनीहरु त प्रेरणा हौषला र शुभचिन्तक हुन् । 
    उनीहरु गल्ति औल्याउन बसिरहेका हुन्छन् । हामी सचेत हुन अग्रसर हुन्छौं,त्यसैले सफल भईन्छ,हेमराज भन्छन् । उर्लाबारी बरडंगा सडक खण्डमा निक्कै दुर्घटना भएको भन्दै उनले दुर्घटना सचेतना बोर्ड राख्ने तयारी गरिरहेको हेमराजले सुनाए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…