• मोरङ । मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत वडा स्तरीय सडक सौर्य बत्ति जडानमा ढिलाई र आर्थीक अनियमिता भएको आशका गरेर प्रतिपक्ष दल नेपाली काग्रेसले शनिवार बेलवारीमा पत्रकार सम्मेलन सम्मेलन गरेको ।
    लक्ष्मीमार्ग स्थीत गत चैत्र ३ गते ११ नम्बर वडा स्तरीय सडक सौर्य बत्ति जडान उपभोक्ता समिति र सोको अनुगमन समिति समेत गठन भएको थियो । बिज्ञप्तीमा उल्लेख भए अनुसार उक्त गठित समितिले हालको मिति सम्म कामको प्रारम्बीक थालनी हुन नसकेको कारण दिनानुदिन गम्भिर आशका, उपशंकाहरु पैदा गाराईरहेको एवंं आम उपभोक्ताहरुवाट समेत गुनासो बढिरहेको अवश्थालाई मध्यनजर गरी विकास निर्माणका कुनै पनि कार्यहरु समयमै पारदर्सी ढंगले सम्पन्न हुनुपर्नेमा प्रतिपक्ष दल नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको छ ।
    लक्ष्मीमार्ग बस्ने बिसाल कटुवालले आन्तरीक रुपमा लगत इष्टिमेट सहित ९०हजारमा र नवराज राईले पनि सोहि प्रकृयावाट ९३ हजारमा भिन्दा भिन्दै कोेटेसन तथा अन्य कागजातहरु पेश गरिएको भएतापनि त्यसको कुनै प्रवाह नगरी काठमाण्डौ स्थीत रहेको बशन्ती इनर्जी सप्लायर्स संग १ लाख १२ हजार ९ सय प्रति गोटाको दरले खरीद कार्य गर्ने सम्झौता भएको जानकारी प्राप्त भएको बिज्ञप्तीमा उल्लेख छ । उक्त बिज्ञप्ती अनुसार हाल जडान गर्न सम्झौता गरीएको बशन्ती इनर्जी सप्लायर्सले करिव २३ हजार बढि मुल्यमा सम्झौता भएको प्रती नेपाली कांग्रेसले आपत्ती जनाएको छ ।

    बेलवारी नगरपालीका बाट सौर्य बत्ति जडान गर्न भनेर यो आर्थीक वर्षमा २५ लाख नगद उक्त ११ नम्वर वडालाई बिनियोजन गरेको देखिन्छ । बेलवारी नगरपालीका प्रमुख ज्ञानेन्द्र सुवेदिका अनुसार नगरले वडालाई नगद विनियोजन गरीसकेको र उपभोक्ता समिति अनुसार काम गर्ने सहमती भए अनुसार काम भईरहेको बताए । नेपाली कांग्रेसका ११ नम्बर वडा सभापती लोक बहादुर बस्नेतको हस्ताक्षर रहेको उक्त बिज्ञप्तीमा प्रतिपक्ष दल नेपाली कांग्रेसले गुण र दोषको आधारमा समर्थन र विरोधको नीती अवलम्बन गर्ने भएको हुँदा स्थानीय सरकारको रुपमा शसत्त प्रतिपक्ष दलको हैसियत निर्वाह गर्ने जनाईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…