• उदयपुर । पाँचौ संस्करणको उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको आज भएको भएको उद्घाटन खेलमा रमपम झापा ११ ले विजयी शुरुवात गरेको छ । रमपम झापा ११ ले रुपन्देहीलाई १ –० गो अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । झापाको लागि खेलको ७९ औं मिनेटमा कर्ण लिम्वुले गरेको गोल निर्णाण्क बन्यो । खेलको पहिलो हाफसम्म दुवै टिम बराबरीमा खेलेका थिए । जीत सहित झापा प्रतियोगीताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

    नकआउटका आधारमा खेलाईएको प्रतियोगीतामा भोलि हुने खेलमा मनाङ मस्र्याङदी क्लब र उदयपुर ११ बीच हुनेछ । आजको खेलको म्यान अफ दी म्याच झापाका छिरिङ्ग गुरुङ घोषित भए । उनलाई नगद ७ हजार सहित चौडण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईले पुस्कृत गरे । जेठ ५ गते सम्म संचालन हुने प्रतियोगीताको राष्ट्रिय स्तरका ए डिभिजन क्लब सहित आठ वटा टिमको सहमागीता रहेको आयोजनक समितिका संयोजक किरण राइले बताए । सदरमुकामस्थित थारुहट रंगशालमा भएको प्रतियोगीताको प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…