• मोरङ। नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले भारतीय सांसद किर्ती आजादले जनकपुरलाई भारतले फिर्ता ल्याउँनुपर्छ भन्ने अभिब्यक्ती दिएर नेपालको सार्वभौमिकतामाथी ठाडो हस्तक्षेप गरेको बताएका छन्। 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट शुरु गरेको नेपाल भ्रमणकै दिन विवादास्पद वयान दिएका आजादको नेपालमा चर्को विरोध भइरहँदा काँग्रेस नेता कोइरालाले यस विषयमा सरकारको औपचारिक धारणा माग गरेका छन्।

    'भारतीय सांसदले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराको बारेमा सरकार किन चुप छ हामी जवाफ चाहन्छौ,' कोइरालाले भने।

    नेपाल निजामती युनियन संघले सूनसरीमा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा कोइरालाले भाजपाकै सांसद रहेका आजादले भाजपाकै तर्फबाट प्रधानमन्त्री रहेका मोदीको नेपाल भ्रमणकै क्रममा दिएको विवादास्पदको बिषयमा नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत तत्कालै कुटनितीक धारणा सार्वजनिक गर्नुपर्ने बताए।

    कार्यक्रममा संबोधन गर्दै डा कोईरालाले भने, ' तत्कालिन सुशिल कोईरालाको प्रधानमन्त्रीत्वकालमा नरेन्द्र मोदीजीले दुईपटक नेपालको भ्रमण गर्नुभयो। त्यतीबेला भन्दा अहिले नेपालको सुरक्षा चूनौती बढेको होकी भन्ने देखिन्छ। यसमा सरकार गम्भिर हुनुपर्छ।'

    मुस्ताङको मुक्तिनाथ र काठमाडौको राष्ट्रिय सभागृहमा नेपाली पत्रकारलाई प्रवेस निषेध गरिनु दूर्भाग्य भएको डा कोईरालाले बताए। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…