• काठमाण्डौ, ३० वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले जनकपुर जाँदा मोदीलाई देखाउनका लागि राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद प्रस्तुत गरेको आरोप लगाएका छन् ।

    जानकी मन्दिरमा पूजा गर्नका लागि प्रम ओली र भारतका प्रम नरेन्द्र मोदीले एउटै रङ र बनावटको पोषाक लगाएका थिए । उक्त पोषाक भारतको राजस्थानी भएको भन्दै यादवले आलोचना गरे ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले विगतमा तराई मधेशलाई गाली गर्ने ओलीको राष्ट्रियता नाङ्गिएको बताए ।

    “त्यो मिथिलाको पोषाक होइन, मधेशको होइन, नेपालकै होइन । राजस्थानको हो । जुन टाउकोमा बाधिएको थियो नि, त्यो राजस्थानको ड्रेस हो । राजस्थान भारतमा पर्छ । खोक्रा राष्ट्रवादी कुरा गरेर हुँदैन ।” यादवले भने ।

    “पोषाक जुनसुकै लगाउनुस्, तर खोक्रो राष्ट्रवादको ढ्वाङ नपिट्नुस् । वास्तविकतामा आउनुस् ।” यादवले ओलीलाई चुनौति दिए ।

    मोदीसँगको आफ्नो भेटमा दुई देशबीचको मित्रता, नेपालको समृद्धि र विकास सम्बन्धमा कुराकानी भएको बताए ।

    नेपालको समृद्धि र विकासमा भारतको समयोगसँगै परस्पर मित्रता र सद्भाव कायम राख्ने विषयमा कुराकानी भएको यादवले बताए ।

    “भारतका प्रधानमन्त्री मोदीले नेपालको लोकतन्त्र, शान्ति, समृद्धि र विकास नै चाहेको मैले पाएँ ।” यादवले भने ।

    नेपाल–भारतबीचको सम्बन्ध अत्यन्तै राम्रो हुनुपर्छ भन्ने पक्षमा आफु रहेको उनको भनाई छ ।

    प्रदेश नम्बर दुईका मुख्यमन्त्रीले आन्तरिक समस्या मोदीसमक्ष प्रकट गरेको भन्ने आरोपको यादवले खण्डन गरे ।

    “प्रदेश सरकारले आन्तरिक कुरा नै राख्ने हो । अन्तराष्ट्रिय कुरा राख्दैन । प्रदेश नम्बर दुईमा केन्द्र सरकारले अति नै गरेको छ ।” यादवले भने ।

    मोदीको स्वागतमा केन्द्र सरकारबाट चारजना मन्त्री पठाएर प्रदेश सरकारको अधिकार खोसेको उनको आरोप छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…