काठमाडौं । संघिय लिम्बुवान सामाजिक मञ्च युइईको अध्यक्षमा लासाङ निङ्लेकु सर्वसम्मत चयन हुनुभएको छ । युएईमा भएको लिम्बुवान प्रेमीहरुको भेलाले लामो समयदेखी लिम्बुवानको विषयमा प्रवासबाट क्रियाशिल निङ्लेकुलाई सर्वसम्मत चयन गरेको हो । मञ्चको बरिष्ठ उपाध्यक्षमा नमन्योहंग,उपाध्यक्षमा सरस्वती इङ्नाम,चक्र सिंगक,सन्त आङ्बुहाङ र महासचिवमा बिक्रम पन्धाक चयन हुनुभएको छ । यस्तै,सचिवमा भुमा लिम्बु,प्रवक्तामा लाजेहाङ ठुले,कोषाध्यक्षमा गौरवकुमार कुरुम्बाङ,सहकोषाध्यक्ष बिराज कुरुङ रहनुभएको छ । यसैगरी सदस्यहरुमा गोबिन्द लिम्बु,स्विकार राई,मेख योहांङ,बीरबहादुर ईदिंङ्गो,सुनिल ईवाराम,युकेश लिम्बु,दिपेस फियाक, र सपना लोरिङ्गदेन रहनुभएको छ । आवाज लेक्वा लिम्बु प्रमुख सल्लाहाकार रहनेगरी सल्लाकार समिति चयन गरिएको छ । सल्लाकार सदस्यहरुमा राम योङहंग,एबि मिभाक,राम फियाक,शिवरात्रि नाल्बो र बबिराम थोप्रा रहनुभएको छ । लिम्बुवान प्राप्तिको अधिकारलाई प्रवासबाट महत्वपूर्ण भुमीका निर्वाह गर्न समिति सक्रिय रहने नवनिर्वाचित अध्यक्ष लासाङ निङ्लेकुले बताउनुभयो ।