• तुलसीपुर जेसीज एरिया डि कै उत्कृट शाखा
    देबु बानियाँ
    दाङ । तुलसीपुर जेसीज दाङ क्षत्रे घ को उत्कृष्ट शाखा बन्न सफल भएको बनेको छ । तुलसीपुरले जेसीज अफ द मन्थसहित अन्य ३ विधामा उत्कृटता हासिल गर्दै अर्वाड प्राप्त गरेको छ ।   
    क्षेत्र घ को क्षेत्रीय अधिवेशनको अवसरमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले अपिल महिनाको जेसीज अफ द मन्थको अवार्ड प्रदान गर्नु भएको थियो ।  
    यसैगरी, २८ र २९ गते सम्मपन्न क्षेत्रीय सम्मेलनमा ३ वटा विद्यामा तुलसीपुरले उत्कृष्टताको पुरस्कार प्राप्त गर्दै क्षेत्र घ का ४४ वटा शाखा मध्ये सम्मेलनकै उत्कष्ट शाखाको थियो । यस शाखाले सम्मेलनमा सहभागि हुन पहिलो पटक आफ्नो संस्थाको नाम दर्ता, सम्मेलनमा सबै भन्दा बढी शाखा सदस्यहरुको सहभागिता र सम्मेलनकै सक्रिय सहभागिताको अवार्ड प्राप्त गरेको थियो । यस शाखाबाट सम्मेलनमा २८ जना सदस्यहरु सहभागिता गराएको थियो । 
    शाखाले प्राप्त गरेका अवार्डहरु शाखा अध्यक्ष दिपेश भण्डारीले ग्रहण गरेका थिए भने राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, आतिथ्यता शाखा त्रिभूवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारी र सम्मेलन निर्देशक सुशिल आचार्यले प्रदान गर्नु भएको थियो । 
    यसैगरी, अप्रिल महिनाको जेसीज अफ द मन्थमा एरिया ए बाट वीरता जेसीज झापा, एरिया बि बाट व्यासनगर जेसीज तनहु र एरिया सि बाट भकुण्डेबेसी जेसीजले अवार्ड प्राप्त गरेका छन् । 
    साथै बोर्ड सदस्यहरुमा जेसीज अफ द मन्थमा राष्ट्रिय उपाध्यक्ष टकेराज रेग्मी उत्कृष्ट बनेका छन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…