• २७ वैशाख, युएई । ताप्लेजुङ समाज सेवा युएई स्थापनाकालदेखि नै सामाजिक सेवाको क्षेत्रमा युएईमा चर्चित रहेको छ । युएईको एक मात्र महिला अध्यक्ष भएको जिल्ला स्तरीय समाज ताप्लेजुङले युएईदेखि नेपालसम्म आफ्नो सेवा र गतिविधि फैलाउन सफल भएको छ । सामाजिक काममा सधै अग्रसर, दिनदुखीहरुको सेवामा सधै तत्पर रहने दयालु र सहयोगि मनकी धनी सोनी भण्डारी यस समाजको पुर्ण अध्यक्षतामा गत अप्रिल २० देखि नियुक्त भएकी हुन् ।
    यस अधि कार्यवाहक अध्यक्षका रुपमा रहेकी भण्डारीले देबिमाया श्रेष्ठदेखि टाेपबहादुर बिक सहयोग अभियानसम्म आई पुग्दा सहयोग संकलन र उद्दारमा उत्तिकै सक्रियताका साथ संस्थागत गतिविधिलाई अगाडि बढाइरहेकी छिन । त्यसो त समाजको कार्यसमितिमा रहेका सकारात्मक, सहयोगी र मनकारी पदाधिकारीहरुको संयुक्त पहल र क्रियाशीलताका कारण ताप्लेजुङ समाज सेवा युएई धेरैको मनमा बस्न सफल भएको छ । ताप्लेजुङ समाजले एक वर्षको अवधीमा धेरै सेवामूलक कामहरु सप्पन्न गरेको छ । युएईका ५२ सामाजिक संस्था मिलेर गत वर्ष संयुत संयन्त्र युएईमार्फत नेपालका विभिन्न जिल्लामा राहत संकलन र वितरण गर्न पनि ताप्लेजुङ समाज सक्रियता पुर्वक सहभागी भएको छ । संयुक्त बाडिपीडित राहत कोष मार्फत उपलब्ध गराइएको करिब १ लाख रुपैयाँ बराबरको राहत पनि अध्यक्ष भण्डारीको निरन्तरको प्रयासबाट प्राप्त भई वितरण समेत भएको छ । किरात याक्थुम चुम्लुङ शाखाको उपस्तिथिमा उक्त राहत वितरण गरिएको ताप्लेजुङ समाजसेवा युएईका अध्यक्ष सोनी भण्डारीले बताएकी छन् ।

    गत सालको पहिरोले अति प्रभावित पाँचथरको फालेलुङ्ग गाउपलिकामा राहत बाढिएको हो । उक्त क्षेत्रमा धनजनको क्षतिको विवरण ताप्लेजुंग समाज युएईले संयुत संयन्त्र युएई (५२ सस्था आबद्ध) जानकारी गराएको थियो | उक्त स्थानका बासिन्दाको सहयोगका लागि संयुत संयन्त्र युएईले ३ हजार ७ सय ५० दिराम ताप्लेजुङ समाजलाई लामो समयको अन्तरालमा गत हप्तामात्रै निकासा भएको थियो । संयुत संयन्त्र युएईको प्रतिनिधि मार्फत रकम बुझी संस्थाका महासचिव भवानी माङ्गमुको समन्यनमा प्रभावित सम्म राहत पुर्याउनुको लागि सहकार्य गर्ने सस्था "किरात याक्थुंग चुम्लुङ्ग शाखा पान्थर" को प्रतिनिधि नरेन्द्रराज केरुङ्गलाई जिम्मेवारी सुम्पिएको थियो |

    उक्त रकमबाट २०७५ साल बैशाख २५ गते ताप्लेजुंग समाज सेवा युएईको पहलमा र "किरात याक्थुंग चुम्लुङ्ग शाखाको सहकार्यमा पहिरोबाट अति प्रभावित २० घर परिवारलाई एक थान सिरक, ४ लिटरको कुकर एकएक थान, त्रिपाल एकएक थान, म्याट एकएक थान वितरण गरिएको छ । किरात याक्थुङ चुम्लुङ पाँचथरको संयोजनमा भएको राहत वितरण कार्यक्रममा फालेलुङ गाउँपालिका अध्यक्ष सन्चकुमार केरुङ, कियाचु जिल्ला अध्यक्ष नरेन्द्रराज केरुङ, फालेलुङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बीरबिक्रम थाम्सुहाङ, वडानम्बर ४ का अध्यक्ष बुद्दिमान साउदेन, कियाचु फालेलुङ अध्यक्ष कुमार केरुङ,माछेबुङ, इलाका प्रहरी इन्चार्ज तुलाराम मल्ल,फालेलुङ ३ का कियाचु अध्यक्ष कविहाङ आङ्थुपो, फालेलुङ ३ का वडासदस्य जय साम्बा लगायतको उपस्थिति रहेको थियो ।


    यस अभियानलाइ साथ दिनु हुने, संयुक्त संयन्त्र युएई (५२ संस्था आबद्ध) संस्थाहरु र संस्थाहरुको अभियानलाई साथ दिने सबै मनकारी दाताहरुलाई ताप्लेजुङ समाज सेवा युएईले सबैलाई आभार प्रकट गरेको अध्यक्ष भण्डारीले जानकारी गराएकी छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…