• उदयपुर । दावेदार मानिएको मनाङ मस्र्याङ्दी क्लब पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अधिकांश नयाँ अनुहारलाई लिएर उत्रिएको मनाङले आयोजक उदयपुर–११ लाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

    गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा आइतबार सम्पन्न खेलमा मनाङले गोल गर्न अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो । मनाङका लागि खेलको ८३ औं मिनटमा बिमल रानाले एक मात्र निर्णायक गोल गरे । आइतबारको खेलमा उदयपुरका गोलरक्षक रेम्बो चौधरी म्यान अफ द म्याच घोषित भए ।


    प्रतियोगिता अन्तरगत सोमबारको खेल अर्को दावेदार टोली रुस्लान थ्रीस्टार क्लब र मोरङ–११ बीच हुने आयोजकले जनाएको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल जेठ ५ गते हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…