• काठमाण्डौँ/३१ बैशाख

    नेपाली काँग्रेसका सांसद् एवं पूर्वमन्त्री गगन थापाले हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले देखाएको रबैयाप्रति आपत्ति जनाएका छन ।

    संसदमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राष्ट्रियताबारे नानाथरी कुरा लगाएको तर आज आफू नै राष्ट्रियता धरापमा पार्न लागेको आरोप लगाए । उनले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा भारत भ्रमण गर्द सिंगटा बेच्न गएको र घुँडा टेक्न गएको भन्ने र आज आफूले त्यस्तै गर्दा राष्ट्रवादी भन्ने गरेकोमा आपत्ति जनाए ।

    उनले भने ‘हिजो सुशील कोइरालालाई लम्पसारवादी भन्नेले भारतको सेना नेपाल किन मगायो ?’ संसदमा एमालेका सांसदले भारतीय सेना आउनुमा नेपालको सुरक्षा तदारुकता नभएको भनेर दिएको अभिव्यक्तिको पनि थापाले आपत्ति जनाए ।

    संसदमा एमालेका सांसद महेश बस्नेतले नेपालको आन्तरिक सुरक्षा कमजोर भएको भारतको आँकलनले सेना आएको हुन सक्ने बताएका थिए । थापाले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने ‘सत्तारूढका एक सांसदले मेयरलाई सुरक्षा दिन सकेन, त्यसैले भारतीय सेना आयो भने । त्यसो हो भने मैले तपाईंलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने ?’

    उनले विगतमा भारतका राष्ट्रपति आउँदा तामझाम गरेको भनेर एमाले नेताले लम्पसारवादी भनेको सम्झिदै मोदी भ्रमणमा ओली सरकारले देखाएको व्यवहारले महालम्पसारवादीको व्यवहार देखाएको बताए । थापाले परराष्ट्र मामिलाबारे मुख्यमन्त्रीलाई नचिन्ने र त्यसको जिम्मेवार परराष्ट्र मन्त्रालय भएको बताए ।

    परराष्ट्रमन्त्री शालिन मात्रै भएको र त्यसरी नचल्ने उनको धारणा थियो । थापाले नाकाबन्दी बिर्सेको छैनौं भन्नेहरूमाथि भएको सरकारको धरपकडबारे पनि आपत्ति जनाए । उनले विगतमा एमाले नेताहरूले नाकाबन्दीलाई लिएर आन्दोलन गर्न मिल्ने तर आज नाकाबन्दी बिर्सेका छैनौं भन्नेलाई धरपकड गर्नु लम्पसारवाद र चाकडी भएको बताए ।

    उनले भने, ‘हामीले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउने ? यो कस्तो लम्पसारवाद हो यो कस्तो चाकडी हो ? हिजो अरुलाई कुरीकुरी गर्नुभएको थियो, आज आफैँ नांगै हिँड्नुभएको छ ।’ थापाले परराष्ट्र मामिलामा नेपालमा एकै धारणा बनाउनुपर्नेमा जोड दिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…