• काठमाडौं । पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा क्रिकेटर सन्दिप लामिछाने मनोनयनमा परेका छन् । सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका छन् । यस अगाडि पिपुल्स च्वाईस विधामा मनोयनमा परेका थिए ।

    उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की पनि मनोनयनमा पर्दा उत्कृष्ट महिला खेलाडी तर्फ बक्सिङकी विमला श्रेष्ठ, ब्याडमिन्टनबाट शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलबाट सावित्रा भण्डारी र टेबलटेनिसबाट नविता श्रेष्ठ मनोनयन परेका छन् ।

    उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर लामिछानेसँगै, क्रिकेटबाटै दीपेन्द्र सिंह ऐरी, जुडोबाट मनिता श्रेष्ठ प्रधान, बक्सिकबाट पुनम रावल र फुटबलबाट दिनेश हेम्जन मनोनयनमा परेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…