• हेटौंडा । मकवानपुरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले आफूले जागिरभन्दा पनि सेवामूलक ढंगले बिरामीको उपचार गर्ने गरेको बताएका छन्।

    नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले अबका दिन हेटौंडामा पुरुषले पनि नर्सिङ पढ्न पाउने व्यवस्था गरिने बताए ।

    उनले विश्वका ठूला मुलुक अमेरिका, युरोपमा पुरुष पनि नर्सिङ सेवा दिँदै आएका छन् तर नेपालमा भने यो व्यवस्था नभएकै कारण हालसम्म नर्सिङ पढ्न सरकारले महिलालाई मात्र अवसर दिने गरेको छ। आगामी आर्थिक वर्षमा पुरुषले पनि नर्सिङ पढ्न पाउने कानुनी व्यवस्थाका लागि पहल गर्ने बताए ।

    विदेशमा पुरुषले पनि नर्सिङ पढ्न पाउने र काम गर्ने व्यवस्था छ। तर, नेपालमा हाल पुरुषलाई नर्सिङ पढ्न र काम गर्न दिने व्यवस्था नहुँदा यस्तो व्यवस्था गर्न लागिएको मेयर महतले बताए।

    नर्सिङ पेसालाई अझ फराकिलो, मर्यादित र गुणस्तरीय बनाउनेतर्फ सबैले सोच्नुपर्छ’, मेयर महतले भने– ‘लिङ्गका आधारमा महिलाको मात्र पेसा हो भन्नुहुन्न। यो पेसाको सम्मानका खातिर महिला र पुरुष दुवैले सँगसँगै सेवा गर्नुपर्छ।’

    ‘कुनै पेसा महिला वा पुरुषको मात्र हुँदैन। कुनै पेसालाई लैंगिकताका आधारमा छुट्टाइनुहुँदैन भन्ने मान्यता हो।’ भन्दै मेयर महतले यसरी पेसालाई नै महिला वा पुरुषको मात्र भनिन्छ भने त विभेद जारी रहने बताए। २१औं शताब्दीमा सबै महिला र पुरुष बराबर हो भन्ने भावना जरुरी रहेको उनको भनाइ छ। (नेपाल समाचारपत्र दैनिक)

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…