• हेम गिरी
    भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउनु पुर्व भुटानी नेता टेक नाथ रिजाल नेपाली मिडियामा मज्जाले छाउन सफल भए । प्रधानमन्त्री मोदीसँग भेट गर्ने इच्छ छ भन्ने अभिव्यक्ति दिंदै नेपाली मिडियाको ध्यान तानेर नेपालका र भारतका प्रधानमन्त्रीहरुलाई ज्ञापन पत्र पनि लेखे । भारतको अहिलेको सरकारबाट भुटानी शरणार्थीको मुद्दामा केहि हदसम्म सकारात्मक सन्देशको आशा भुटानी शरणार्थीले गरेता पनि नेता रिजाल यसरी ततिना थालेको अर्कै करण रहेछ भन्ने कुरा स्पष्ट रुपमा बुझियो । नेता रिजाल जति नै तातीए पनि उनले भुटानी शरणार्थी मुद्धाको कुरा प्रस्तुत नगर्ने रहेछन भन्ने बुझियो । भुटानी शरणार्थी समस्या समाधानका लागि नेपाल सरकार र भुटान सरकारले १५ औ चोटी वार्ता गर्दा समेत शरणार्थीको अपेक्षा अनुसार स्वदेश फिर्ताका बाटो खुलिएन । पुर्बी नेपालका शरणार्थी शिविरमा स–सम्मान स्वदेश फिर्तीको माग गर्दै गठन भएका गरिएका भुटानी संगठन अनि तिनका नेतृत्वकर्ताहरु शरणार्थी शिविरहरुबाट टाडा नै बस्छन ।

    नेता रिजालले १० वर्ष यताका शरणार्थी शिविरमा गठन भएको भुटानी संगठन अनि जन्मेका भुटानी नेता चिन्दिन भनेर अभिव्यति दिनु नेता रिजाल झुठको खेती मज्जाले गर्न सक्छन भन्ने एउटा गतिलो प्रमाण हो । नेता रिजालले तिनीहरुलाई चिन्छन किन कि १० वर्ष यता शिविरमा कसैले भुटानी शरणार्थीको समस्याको समाधानको लागि संगठन गठन गरेको छ भने तिनीहरुले सुरुमा सल्लहा रिजालबाटै लिने गर्छन भन्ने सुनिन्छ । शिविरमा नेता हुनको लागि मात्र संगठन स्थापना गर्ने अनि सहयोगको नाममा शरणार्थीबाट पैसा माग्ने चलन भुटानी शरणार्थी आन्दोलनको लागि नँया कुरा भने हुँदै होइन । विश्व जगतलाई थाहा छ, भुटानी शरणार्थी नेपालको पूर्वी नेपालमा झापा र मोरङमा बसिरहेका छन भन्ने कुरा ।

    भुटानी शरणार्थीको समस्या तुरुन्तै समाधान हुन्छ भनेर कुनै पनि हालतमा भन्न सकिन्न । समाधानको ३ विकल्पमध्ये तेस्त्रो मुलुक पुनर्वास कार्यक्रम मात्र सुरु भयो । अन्य २ विकल्प:- स्वदेश फिर्ती र स्थानीय एकिकरण सम्बन्धी हालसम्म केहि पनि हुन सकेको छैन । हाल शरणार्थी शिविरमा रहेका शिविर सचिवहरुको नेतृत्वले विभिन्न समयमा स्वदेश फिर्ती अनि स्थानिय एकीकरणको लागि नेपालका नेता, मन्त्री, मुख्यमन्त्री अनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइरहेको समाचारहरु सुन्न पाइन्छ तर, अहिलेसम्म त्यी विकल्पको कुरा जस्ताको त्यस्तै छ भने अर्को विकल्प तेस्त्रो मुलुक पुनर्वास कार्यक्रम पनि रोकिएको छ । नेता टेक नाथ रिजाल शरणार्थीको विषयमा नबोलेको धेरै भैसकेको थियो । अहिले पनि शिविरका शरणार्थीको मागप्रति भन्दा भुटानका नेपालीभाषी भुटानीको मानव अधिकार सम्बन्धी धेरै बोल्न थालेको छन् । रिजालले एउटा अन्तरवार्तामा भनेका छन्, भुटानी शरणार्थीको मुद्दा केहि होइन, भुटान भित्रका नेपाली भाषी भुटानीहरुको मुद्दा चाहिं ठुलो हो ।' म पक्का भएको छु अब रिजालले शिविरमा रहेका शरणार्थीको विषयमा बिस्तारै बोल्न छोड्ने छन् । जेलमा हुदाँ उनको रिहाइको लागि आवाज उठाउने भुटानी शरणार्थी जनताको मागप्रति भन्दा भुटान भित्रकै भुटानीको मानव अधिकार सम्बन्धी आवाज उठाईरहेका नेता रिजाल पुर्बी नेपालमा रहेका शरणार्थी अनि तिनका नेतृत्वकर्ता देखि अब घृणित हुँदै जानेछन् ।

    रिजाल बा, सकिन्छ भने पहिला देश बिहिन भएका भुटानीको समस्याको समाधान खोजौ अनि त्यसपछि भुटान भित्रका भुटानीको विषयमा आवाज उठाउनु पर्छ । रिजाललाइ नेपाल सरकारले दिंदै आएको सेवा सुबिधा सबै फिर्ता लागेको भन्ने कुरा सुनिएको थियो के त्यहि भएर रिजालले अब भुटानका भुटानीको मानव अधिकार सम्बन्धी नेपालबाट आवाज उठाईरहेको छु भनेर सेवा सुविधा लिन खोजेको त होइन भन्ने प्रश्न जन्मिन सक्छ । रिजालले कहिले काहीं भन्ने गरेका छन्, भुटानका एजेण्टहरु शरणार्थी शिविरमा छन् कति विदेश गैसके भनेर । अहिले भुटानी शरणार्थी समस्या भन्दा भुटान भित्रका भुटानीको कुरा मात्र गरेको सुन्दा रिजाल माथि नै शंका गर्ने ठाउँ धेरै छन् तर म यहाँ त्यो विषयमा लेख्न चाहन्न किन कि शंका नै सबै प्रमाण होइन भन्ने कुरा मलाई थाहा छ । रिजालप्रति मेरो उच्च सम्मान छ ।

    उनले भुटानी शरणार्थीको लागि मैले गरे भन्दा धेरै केहि न केहि काम गरेकै छन् । उनको धेरै बिचारहरुमा म असहमति भएको छु तर, उनको विचार राख्न पाउने अधिकार छ भन्ने कुराप्रति म सय प्रतिशत सहमत जनाउँछु । रिजाल नेपालमा रहेका शरणार्थीको समस्याबाट टाडिन बन्दै हुँदैन । रिजाल जस्ता नेताले शिविरमै रहेका शरणार्थीसँगै रहेर उनीहरुको समस्यामा साथ दिनु पर्छ । अर्को कुरा, म यो कुरा ठोकुवा गरेरै भन्न सक्छु । भुटानी शरणार्थीको स्वदेश फिर्ने आन्दोलन धेरै चोटी भयो तर, भुटानी पार्टी भित्र देखिएको बेमेल, फुट र अन्तरसर्घषको कारण नै स्वदेश फिर्ती आन्दोलन सफल हुन नसकेको हो । शणार्थीको स–सम्मान स्वदेश फिर्तीको माग राख्दै लामो समय देखि अन्दोलनरत धेरै पार्टीका प्रया नेताहरु धेरै वर्ष अगाडी नै तेस्रो मुलुक पुनर्वास भइसकेका छन् । भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, स्वदेश फिर्ती संघर्ष समितिका अध्यक्ष डाक्टर भम्पा राई, शिविर व्यस्थापन समितिका सचिवहरु मात्र अहिले नेपालमा बसेर स्वदेश फिर्तीको लागि आवाज उठाइरहेको छन् । अहिले शिविरमा बसेर स्वदेश फिर्तीको माग उठाउनेहरुलाई नेता रिजालको साथको जरुरी छ । हुन त स्वदेश फ़र्काउछन भनेर शिविरमै बसिरहनु भनेको मुर्खता बाहेक अरू केहि होइन तर, कहिले काहीं मुर्खतापुर्ण कामले पनि सफलता प्रप्ता गर्दछ भनेर भन्ने गरेको सुनेको छु ।

    नेपालमै बसेर शरणार्थी समस्याको समाधानको लागि विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउनेहरु पनि कहिल्यै एक जुट हुन सकेनन । दुख लाग्छ, यहीं तरिकाले शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरु आफ्नो जीवन भर शरणार्थी नै भएर बस्न बाध्य हुनु पर्छ । अब नेताहरुले दुनियाँ माग राख्दै ज्ञापन पत्र बुझाउनु जरुरी ठान्दिन । उता भुटानी शरणार्थीको समस्यको समाधानको लागि भन्दै शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) र अन्तर्राष्ट्रिय आप्रवासीय संगठनले (आइओएम)ले आयोजना गरेको तेस्त्रो मुलुक पुनर्वास कार्यक्रमको पनि १० वर्ष पुरा पुरी भैसकेको छ । यो अवधीसम्म तेस्रो मुलुक अन्तर्गत पश्चिमी देशहरु,-अमेरिका, क्यानाडा, नेदरल्याण्डस्, अष्ट्रेलिया, डेनमार्क, नर्वे, बेलायत र न्युजिल्याण्डमा एकलाख ११ हजार भुटानी शरणार्थीले नँया जीवन सुरु गरिसकेका छन् । भुटानी शरणार्थीहरुले नेपालमा शरण लिएको २८ वर्ष भैसकेको छ ।

    भुटानी शरणार्थीको समस्या नेपालको लागि नौलो विषय पक्कै पनि होइन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भनिसकेका छन्, भुटानी शरणार्थी समस्या नेपालको मात्र समस्या होइन भनेर । भारतको सहयोग बिना भुटानी शरणार्थीको समस्याको स्वदेश फिर्ती हुने समाधान जहाँको त्यहाँ हुन्छ । भारतको सहयोग बिना त्यो कार्यक्रम कुनै र हालतमा सुरू हुँदैन । नेपाल सरकार, भारत सरकार, भुटान सरकार अनि विश्व जगतले भुटानी शरणार्थी समस्याको समाधानको लागि जुन विकल्प प्रस्तुत गर्छ त्यही विकल्प रोज्नु बाहेक अरु कुनै विकल्प नै छैन । शिविरमा रहेका शरणार्थीलाई समस्या माथी समस्या आइपरेको छ ।

    देश छैन, अहिले देश फिर्ने आशा पनि छैन, छुट्टिएर तेस्त्रो मुलुक गएका परिवारसँग भेट्न पनि सक्दैनन्, नेपालको नागरिकता पनि छैन । त्यस माथी संघ संस्थाले दिंदै आएको केहि सेवा सुबिधामा कटौती भएको छ । अब शरणर्थी समस्याको मुल समाधान भनेको भारतसँग छ । भारत केहि रूपमा सकारात्मक भए शरणार्थीको समस्या तुरून्तै सामाधान हुन्छ । यो अवस्थामा नेपालको शरणार्थी शिविरमा रहेका शरणार्थीले भारतिया प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीबाट स्वदेश फिर्ने वातावरण निर्माण हुन्छ भन्ने कुरामा धेरै आशा गरेका छन् । मोदी नेपाल आउनु पुर्व चम्केका रिजालको मोदी फर्केसँगै चालचुल छैन । यसरी नेता रिजाललाई हराएको बन्दै सुहाउँदैन ।


    हाल - अमेरिका

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…