• झापा । महिला खेलाडीलाई प्रोत्साहित तथा फुटबलको विकास गर्ने उदेश्यका साथ जेठ ५ गते शनिबारदेखि प्रथम सनसाइन जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
    आयोजक सनसाइन महिला फुटबल क्लव ज्यामिरगढीले मङ्गलबार धुलाबारीस्थित होटल रोयल निर्भानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।
    मेचीनगर १५ स्थित ज्यामिरगढी माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहने आयोजक क्लवकी अध्यक्ष अस्मिता खवासले बताइन् । 
    १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद ५५ हजार ट्रफी र प्रमाण पत्र पाउने छन् । यसैगरी उपविजेता टिमले नगद ३० हजार, ट्रर्फी र प्रमाण पत्र पाउने अध्यक्ष खवासले बताइन् । 
    प्रतियोगितामा आयोजक सनसाइनसहित झापाका जुनतारा एफसी, बाह्रदशी एफसी, झापा एफसी, जलथल एफसी, सतासीधाम एफसी, पारिजात एफसी र कन्काई स्पोर्टस एकाडेमीका महिला खेलाडीले प्रतिष्पर्धा आयोजक समितिका सचिव अशोक सिवाकोटीले बताए । 
    आयोजकले प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ लागत पूर्वानुमान गरेकोमा मेचीनगर नगरपालिका कार्यालय र मेचीनगर १५ नम्बर वडा कार्यालयले कुल ३ लाख रुपैयाँ सहयोग गरेको छ । यसैगरी विजेता र उपविजेताले प्राप्त गर्ने ट्रर्फी काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ र उत्कृष्ट खेलाडीलाई दिइने नगद ५ हजार ५ सय पत्रकार देबु बानियाँले प्रदान गर्ने भएका छन् । साथै अन्य दाताहरु समेत खोजी गरिरहेको क्लबका सल्लाहकार तथा समाजसेवी रविन बस्नेतले बताए । काँकरभिट्टा भेट्रान एफसीका अध्यक्ष गंगालाल गुरुङ्गले फुटबललाई विकास गर्नका लागि एक जना महिलाले गरेको हिम्मतलाई थप हौषला दिनका लागि आफु र आफ्नो क्लबबाट सक्दो साथ र सहयोग गरेर जाने बताए । 
    पूर्व महिला राष्ट्रिय खेलाडी समेत रहेकी अध्यक्ष खवासको सभापतित्व तथा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’को प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा जिल्ला सदस्य कर्ण थापा मगर, बसन्त श्रेष्ठ, प्रतियोगिताको आर्थिक उपसमिति संयोजक रविन बस्नेत, काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मीन बस्नेत, धुलाबारी फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष सचिन्द्र धिमाल, राष्ट्रिय रेफ्रि उदय ठाकुरलगायतको उपस्थिति थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…