काठमाडौं ,१ जेठ । ‘लम्पसरवादी चरित्र’ देखाएको भन्दै नेविसंघद्वारा ओली सरकारविरुद्ध सडक संघर्ष गरेको छ ।
नेविसंघले आजादलाई कारबाहीको माग गर्दै भारतीय दूतावास लैनचौरमा धर्ना दिएको हो ।
त्यसक्रममा विद्यार्थीले आजादविरुद्ध नाराबाजी समेत गरेका थिए । भारतीय जनता पाटीका निलम्बित सांसद कीर्ति आजादले प्रदेश २ को अस्थायी राजधानी जनकपुरबारे गरेको विवादास्पद ट्वीटविरुद्ध कांग्रेसको विद्यार्थी संगठन नेविसंघले आज राजधानीमा विरोध प्रदर्शन गरेको हो ।
आजादको भनाइ सार्वसत्ता सम्पन्न राष्ट्रमाथिको प्रहार भन्दै नेविसंघले सरकारलाई कूटनीतिक तवरबाट कारबाहीका लागि भारतीय पक्षलाई दवाव दिन माग गरेको छ ।
राजधानीको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस अगाडि भेला भएर नेविसंघका नेताहरुले विरोध प्रदर्शन गरेका थिए ।