• उर्लाबारी /सुन तस्करीका नाइके गोरे उर्फ चुडामणि उप्रेतीले सुन तस्करीबाट कमाएको रकम जग्गामा लगानी गरेको रहस्य खुलेको छ ।गोरे समूहले काठमाडौं, झापा, मोरङका विभिन्न स्थानका जग्गामा लगानी गरेको र केही स्थानमा बैना समेत दिएको रहस्य खुलेको हो । गोरेका पूर्वका एकाउण्टेन माधब घिमिरेको नाममा मोरङको मिक्लाजुङमा जग्गा बैना गरी २१ लाख रुपैयाँ दिएको पाइएको छ । गोरेले मिक्लाजुङमा २६ कट्ठा जग्गाका लागि २१ लाख रुपैयाँ बैना दिएको रहस्य खुलेको हो । मिक्लाजुङ वडा नं. ९ को अबिर चौकमा रहेको उक्त जग्गा खरिदका लागि गोरेले जग्गाधनी जयगोपाल साहलाई २१ लाख रुपैयाँ बैना दिएको थिए । साहसँग प्रतिकट्ठा ६ लाखको दरले जग्गा किन्ने सम्झौता अनुसार गोरेले २१ लाख रुपैयाँ बैना दिएका थिए । १ करोड ५६ लाख रुपैयाँमा २६ कट्ठा जग्गा किन्ने सम्झौता गर्दै गोरेले मिक्लाजुङ–९ निवासी साहलाई २१ लाख रुपैयाँ बैना दिएपनि थप रकम नदिएका कारण उक्त जग्गा पास नभएको बुझिएको छ । जग्गाका लागि बैना दिएका गोरे सुनकाण्डमा मुछिएपछि बैनाको  रकमका बारेमा अन्यौलता देखिएको छ ।

     

    मुख्य अभियुक्त मानिएका गोरे फरार रहेसँगै साह यतिबेला तनावमा छन् । जय गोपाल गल्ला खरिद बिक्री केन्द्रका सञ्चालक साह मधुमल्लाका पूराना व्यापारी हुन् । उनी नेपाली कांग्रेसका स्थानीय नेता समेत हुन् । यता, साहले आफूले २१ लाख रुपैयाँ बैना लिएको स्वीकार गरेका छन् । उर्लाबारीका समाजसेवी विजय कार्कीलगायतको रोहवरमा आफूले जग्गा बिक्रीका लागि बैना लिएको साहले स्वीकार गरेका छन् । जग्गा बिक्रीका लागि बैना दिएर पास नगरेका कारण आफू समस्यामा परेको उनले गुनासो गरे । क्रसर उद्योग खोल्ने भन्दै गोरेले आफूसँग जग्गा किनेको उनले बताए । गोरे पैसावाला भन्ने चाहिँ सुनेको तर, नामुद सुन कारोबारी भन्ने बारेमा आफूलाई जानकारी नभएको उनले बताए । जग्गाको रोहवरमा मृतक सनम शाक्य पनि रहेको बुझिएको छ । यस्तै, झापा र मोरङका विभिन्न स्थानमा गोरेले जग्गामा लगानी गरेको स्रोत बताउँछ ।

    गोरेले पछिल्लो समय अबैध सुनबाट कमाएको पैसा जग्गामा लगानी गर्दै आएको स्रोत बताउँछ । गोरेले कतिपय स्थानमा जग्गा खरिदका लागि बैना रकमसमेत दिएको जानकार स्रोत बताउँछ । यता उर्लाबारी, मधुमल्ला, दमकलगायत क्षेत्रका केही सुन व्यापारीहरुसँग पनि गोरेको कारोबार रहेको बुझिएको छ । स्रोतका अनुसार काठमाडौंका विभिन्न ठाउँका पनि जग्गामा लगानी गरेका थिए । यस्तै, गोरेले आफ्नो कार उर्लाबारीस्थित पशुपति बोर्डिङ स्कुलका सञ्चालक विजय कार्कीलाई बिक्री गरेको खुलेको छ । उनले मोहन काफ्लेको नाममा खरिद गरेको गाडी कार्कीलाई बेचेका थिए । उक्त गाडी बिक्री भएपनि पास भने भएको छैन । गाडी खरिदका लागि कार्कीले २० लाख रुपैयाँ नगद र बाँकी जग्गामा मिलाउने सर्तमा कार लिएको बुझिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…