• गाईघाट  । रोमाञ्चक जितका साथ सुनसरी–११ पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा सुनसरीले नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

    गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सम्पन्न खेलमा नियमित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । नियमित समयतर्फ शुरुवाती अग्रता लिएर पनि पुलिस तीन गोल खान पुगेको थियो । यद्यपि उत्कृष्ट पूनार्गमन गरेको पुलिसले अन्तिम दश मिनटमा दुई गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएको थियो ।

    खेलको सातौं मिनट मै राम वजीको गोलबाट पुलिसले शुरुवाती अग्रता लिएको थियो । तर खेलको २३ औं मिनटमा सौजन लिम्बुले सुनसरीका लागि बराबरी गोल फर्काएका थिए । पहिलो हाफ कै ४३ औं मिनटमा तिर्थ बस्नेतले सुनसरीका लागि दोस्रो गोल फर्काए भने ६५ औं मिनटमा रोमन लिम्बुले तेस्रो गोल गर्दै सुनसरीलाई सनसनीपूर्ण अग्रता दिलाएका थिए ।

    यद्यपि खेलको अन्तिम दश मिनटमा उत्कृष्ट पूनार्गमन गरेको पुलिसका लागि ८० औं मिनटमा अभिषेक रिजालले दोस्रो गोल गरे भने इन्जुरी समयतर्फ (९०+१ मिनटमा) बिक्रम धिमालले पुलिसका लागि तेस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

    सेमिफाइनलमा अब सुनसरीले बिहीबार मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र रमपम झापा–११ बीच हुने आयोजले जनाएको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल जेठ ५ गते हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…